×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिकापुर घटनावारे पूर्व सभासदको चौधरीको प्रतिक्रिया

शान्ता चौधरी , पूर्व सभासद
टिकापुरमा जे भयाे गाउका अबाेध थारुहरुलाई अगाडि सारेर भयाे । थारु
समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयाे । थारु
समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुकाे घर
जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन । याे अपराध हाे । याे सबैकाे
छानविन हाेस । थारु समुदायले अरुकाे अधिकार खाेस्ने हाेइन । थारुमा पनि धनी
र गरिब छ । धनीकाे एउटा जात र गरिबकाे अर्काे जात बुझाै । पूरै समुदायलाई
दाेष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायकाे साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छाै ।

थारु नेपालकाे प्राचिन समुदाय हाे । बुद्धकाे सन्तान भनेर हामी गर्व
गर्छाै । याे देश सबै समुदायकाे हाे, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा
छ । धेरैवटा जातिकाे नेपाल भनेर गर्व गराै‌ । मिलेर बसाै । थारु कसैका
सत्रु हाेइनन् । जातीय अाक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्राे साझा हाे
। जातीय राजनीतिले भलाे गर्दैन । म थारु समुदायकाे हूँ र थारुलाई बदनाम
गर्न खाेजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन । हिसाहत्या गर्ने
मानिसलाई जातीय अाँखाले नहेराै‌ । कुनै विशेष जातकाे मानिसले हिसा गर्याे
नभनाै । जातिलाई दाेष नदिअाै । अपराधीकाे जात हुदैन । अहिले साम्प्रदायिक
अागाे लगाउन खाेजिदै छ । जनतालाई हिसामा उतार्न खाेजिदैछ । सबै सचेत
हुनुपर्छ र सबै खालका अान्दाेलन शान्तिपूर्ण गर्न अपिल छ ।
अहिले देशमा चलिरहेको आन्दोलन र आन्दोलनको बहानामा सुनियोजित रुपमा
चलाउन खोजिएको हिँसामा कैयन नेपाली जनताको ज्यान गएको छ । प्रहरीहरु सहित
दूध खाने शिशुको ज्यान गएको छ । आमाको कोख उजाडिएको छ । यस्ता घटनाले
कसैलाई फाइदा गर्दैन ।
हिँसाको डढेलो सल्काउँदा डढेलो सल्काउनेलाई पनि डढाउँछ । हिँसा गरेर
भलाई हुन्छ भनेर आजको युगमा कल्पना पनि गर्न सकिदैन । यो क्रममा अहिले
मृत्यु हुने हरेक नेपालीको जीवन उत्तिकै मूल्यवान छ । उहाँहरुको मृत्युले
देशले ठूलो क्षति भोगेको छ । उहाँहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त
गर्दछु । उहाँहरुको मृत्यु र हिँसाले नेपाल आमा रोएकी छिन् । सबै जाती
समुदाय मिलेर बस्नुको विकल्प छैन । नयाँ संविधानमा आफ्ना माग राख्न सबै
स्वतन्त्र छन् र हामी थारु समुदायलाई पनि त्यो अधिकार छ । कुनै पनि
आन्दोलनको बहानामा हिँसा मच्चाउनेहरुबाट सम्पूर्ण जनता सजग हुनुपर्छ र
सरकार झनै चनाखो हुनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: