×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर भीडन्तमा मारिएका केशवकी श्रीमतीले सोधकी थिईन– थाहा पाउनुस्त् तपाईं कैले र कहाँ मर्नुहुन्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ भाद्र २०७२, सोमबार

PRIME CA
laxmi sunrise bank

टीकापुर भीडन्तमा मारिएका केशवकी श्रीमतीले सोधकी थिईन– थाहा पाउनुस्त् तपाईं कैले र कहाँ मर्नुहुन्छ ?

श्रीमती शारदा बोहोराले हिजो बिहान नौ बजेर १० मिनेट जाँदा आफ्नो
श्रीमानको फेसबुक वालमा एउटा हाँसो लाग्ने एप्सको तस्वीर शेयर गरिन । तर
शारदालाई के थाहा, श्रीमानलाई हँसाउन पोष्ट गरेको उक्त तस्वीर नै उनको
जीवनको पीडा बन्ने छ भन्ने कुरा ।

फेसबुकमा हिजोआज प्रचलित एप्स “कब
और क्यूँ तुम मर जाओगे, पता लगाए (थाहा पाउनुस्, तपार्ई कहिले र किन
मर्नुहुनेछ ?)” को तस्वीर उनले श्रीमानको टाइमलाइनमा शेयर गरेकी थिइन् ।
मानौं भन्न खोजेकी हुन– यो हेर्नु त, कस्ता फन्नी छ ।

तर एप्सका
शब्दहरुले उनलाई आफ्नो प्रिय मान्छे २४ घण्टा नबित्दै छोडेर गइरहेको छ
भन्ने बताएन् । एप्सको काम क्षणभरका लागि हँसाउने थियो । यदि एप्सले
इन्सपेक्टर केशव बोहोरोका आजको भविष्य बताइदिएको भए ।

शेयर गरेको २४ घण्टापछि शारदाले मुटु चुँडाउने समाचार सुनिन्– टीकापुरको भीडन्तमा उनका श्रीमान इन्सपेक्टर केशव बोहोरा मारिए ।

हिजो
मात्रै मृत्युको शब्दमुखी साक्षात्कार यथार्थमा परिणत भएको थियो । शारदाको
मनोदशा यो खबर सुन्दा के भयो होला, कल्पना पनि गर्न सकिन्न ।
टीकापुर
भीडन्तमा प्रदर्शनकारीहरुको आक्रमणमा परी मृत्यु भएका इन्सपेक्टर केशब
बोहोराको फेस बुक वालमा अहिले पनि त्यो तस्वीर उस्तै छ । मानौं,
गिज्याइरुहेछ मृत्युलाई नै ।

इन्सपेक्टर केशब बोहोरा शिक्षक तथा बुद्धिजीवि पिता प्रेमसिंह बोहराका छोरा थिए । केशवको मृत्युले परिवार अहिले शोकमा डुबेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: