×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शनिवार विशेष : ‘नयाँशक्ति’ को रेट पचास हजार, ‘सोलमारी’ को भाउ झन्डै २ लाख !

अर्थ सरोकार सम्बाददाता / काठमाडौँ –  यो अनलाइनको दुनियाँ हो।  पत्रिका होस्प वा पसल हरेक व्यवसाय अनलाइनकरण भईरहेका छन् । ठिटादेखि बुढाबुढीसम्मको हातमा मोबाइलको पहुँच पुगेपछि अनलाइनमा व्यापार गर्नेहरु ह्वात्तै बढेका छन् । अनलाइनबाट व्यवसाय गर्नेहरुका लागि सबैभन्दा आधारभुत चीज भनेकै ‘डोमेन नेम’ हो । र त्यहि डोमेन नेमको नेपालमा लाखौँको व्यापार हुने गरेको  छ नेपालमा । करिव १००० पर्ने डोमेन २० लाख सम्ममा बिक्रि हुन्छ नेपालमा पनि ।  केहि बर्षयता नेपालमा डोमेन बेचबिखन उल्लेखनीय रुपमा फष्टाएको मात्र छैनन् , दिमाग लगाउनेहरुले डोमेन विक्री गरेर करोडभन्दा बढि आम्दानी गर्नेहरु समेत भएका छन् नेपालमा । 
नेपालमा कतिपय डोमेनहरु नपत्याउने गरी महँगोमा बिक्रिको लागि राखिएको छ ।  नेपालकी चर्चित नायिका रेखा थापाको नाम उल्लेखित डोमेन रेखाथापा डटकम ७१८७ डलरमा बिक्रीमा छ । यता चर्चित नायक राजेश हमालको नाम उल्लेखित राजेशहमाल डटकम ३७८९.२५ डलरमा बिक्रीमा छ । यस्तै नम्रता श्रेष्ठ डटकम ४४७९.२५ डलरमा बिक्रीमा छ । मावोवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम उल्लेखित प्रचण्ड डटकम ५२७६. २० डलरमा बिक्रीमा छ भने प्रधानमन्त्री केपी वलीको नाम उल्लेखित केपी ओली डटकम ५७४८. ८५ डलरमा बिक्रीमा छ ।    
अचम्मलागो कुरा त के हो भने सामान्य बोलीचालीका सब्द वा टेलिभिजनबाट चलेका थेगोका डोमेनहरु पनि कै महंगा छन् । केहि समय अगाडिसम्म नेपाल टेलिभिजनमा प्रशारण हुने हास्य धारावाहिक भाद्रगोलमा प्रयोग हुने सब्द ‘सोलमारी’ को नाम उल्लेखित सोलमारी डटकम २५२४.२५ डलरमा बिक्रीमा छ । नेपाली राष्ट्रियतासँग सम्बन्धित डोमेन पनि निकै महंगोमा विक्रिमा छ । नेप्लिज डटकम १९५५० डलर अर्थात झण्डै २० लाख नेपाली रुपैयाँमा बिक्रीमा छ ।  यता रेडियो अडियोबाट हरेक राती प्रशारण हुने कार्यक्रम खुल्दुली डटकमको नाम उल्लेखित खुल्दुली डटकम पनि ९०५ डलरमा बिक्रीमा छ । 
यस्तै भर्खरै खुलेको पार्टी नयाँ शक्ति नेपालसंग जोडिएका प्राय: डोमेनहरु होल्डमा छन् । नयाँशक्ति डटकम, इनयाँशक्ति डटकम, नयाँशक्तिन्यूज डटकम, नयाँशक्ति खबर डटकम लगायतका डोमेनहरु होल्डमा छन्। नयाँ शक्तिको नाम उल्लेखित नयाँशक्ति अनलाइन अहिले संचालनमा छ भने नयाँ शक्तिन्यूज छिट्टै बजारमा आउने बुझिएको छ । सुरुमा नयाँ शक्ति अनलाइन संचालन गर्ने रामराज मगरातीले नयाँशक्तिको नाम उल्लेख भएका नयाँ शक्तिन्यूज र नयाँशक्ति खबर डटकम दुवै डोमेन लिने कुरा भएपनि उनी एकाएक डोमेन मालिकको सम्पर्क बाहिर रहेकाले उक्त डोमेनका मालिकले उक्त डोमेन पुन: बिक्रीका लागि राखेका छन् । मगरातीलाई झन्डै ३० हजार प्रति डोमेन बिक्रि गर्न तयार भएको भएपनि अहिले उक्त डोमेनको मूल्य झन्डै ५० हजार प्रति डोमेन पुगेको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: