×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोदावरी पार्कमा कर्मचारीको लुट ! १ रुपैयाँका नाममा लाखौँ ठग्नेलाई कहिलेसम्म दिने छुट ?


  • अर्थ सरोकार सम्बाददाता     

गोदावरी । काठमाडौँ उपत्यकामा बस्नेहरुका लागि निकै नै मनमोहक ठाउँ । विदाको दिन सदुपयोग गर्न होस् वा, प्रकृतिसँग रमाउन । गोदावरी उचित गन्तव्यको रुपमा लिने गरिन्छ । प्रेमजोडीहरुको घुमघाम होस् वा पारिवारिक विदा मनाइ, गोदावरी र त्यसमा पनि गोदावरीको पार्क निकैनै उचित ठाउँ मानिन्छ ।’  राष्ट्रिय वनस्पति उधान’ नाम दिइएको र ‘गोदावरी पार्क’ नामले परिचित उक्त पार्क नेपाल सरकारले संचालन गरेको  भएपनि त्यहि गोदावरी पार्कमा कर्मचारीहरुले लुट मच्चाउने गरेका छन् ।

      
पार्कभित्र जानका लागि खरिद गरिने टिकटमा लुट हुने गरेको हो । नेपालीहरुलाई प्रदान गरिने टिकटको मु.अ कर सहितको शुल्क ३४ रुपैयाँ छ भने विदेशी नागरिकहरुका लागि टिकट केहि महँगो छ । तर ३४ रुपैयाँको टिकट भएपनि खुजुरा पैसा नभएको भन्दै त्यहाँका कर्मचारीहरुले ३५ रुपैयाँ लिने गरेका छन् । त्यो पनि एक वा दुइ जनासँग होइन, हरेकसँग ।
शनिबार अर्थ सरोकारकर्मी गोदावरी पार्क जाँदा पनि यस्तै भयो । ‘राष्ट्रिय वनस्पति उधान’ नाम दिइएको उक्त पार्कभित्र प्रवेश गर्न काटिएको टिकटमा हरेक जनासंग एक रुपैयाँ ठगिने गरिएको पाइयो । ‘३४ रुपैयाँको टिकटलाई किन ३५ ?’ भन्ने हाम्रो प्रश्नमा त्यहाँका कर्मचारी भन्छन्, ‘कि खुजुरा दिनुहोस्, नत्र एक रुपैयाँमा कति किचकिच गरेको ?’
‘३४ रुपैयाँ खुजुरा कमैले दिन्छन् । त्यसमाथि पनि नेपाल सरकारले संचालन गरेको उधानका कर्मचारीले त्यसो भन्नु उचित होइन । ‘ एक पर्यटकले भने । दिनहुँजसो उक्त पार्कमा हजारौं मानिसहरु आउने गरेका छन् । यसरी एक एक रुपैयाँ भन्दै बार्षिक लाखौँ रुपैयाँ त्यहाँका कर्मचारीहरुले ठग्ने गरेका छन् ।
स्रोतका अनुसार टिकट काउन्टरका कर्मचारीले अन्त्यमा हिसाव गरेर उक्त पैसा भाग लगाउने गरेका छन् । अझ विदेशी नागरिकको हकमा त प्रति टिकट ४ रुपैयाँ देखि १० रुपैयाँसम्म ठगि हुने गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: