×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लम्सालका फाइल अख्तियार पुगे !


  • अर्थ सरोकार सम्बाददाता / काठमाडौँ

१ वर्षम ३ वटा बैंकको सिइओ भ्याउने झापाली बैंकर कुमार लम्साल अहिले जनता बैंकमाजनताको पैसामा लडिबडी गरिरहेका छन् ।
विगतमा सानिमा विकास बैंक हुँदै प्रभू बैंकको सिईओ हुँदा उनीले गरेको अर्थिक अपराधका दर्जनौं फाइल अख्तियार पुगेको स्रोतको दावी छ । सानिमा बैंकमा हुँदा हाइड्रोपावर र अपाटमेन्टमा अरबौ कर्जा दिदा कमिशन लिँदाका फाइल र प्रमू बैंकबाट केही महिना बसी छाडेर जाँदा जनताको पैसावाट लिएको ५० लाखको गाडी र ७० लाखनगद लगेको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्र बैंक मार्फत पठाइएको राष्ट्र बैंक उच्च स्रोतले बतायो ।
के सिइओ लम्सालको उजुरी के भइरहेको छ भनी हामीले अख्तियारका प्रवक्ता कृष्णहरि पुकारसँग प्रश्न गर्दा उनीले बताए ।‘छानबीन गदैछौं, राष्ट्र बैंक मार्फत फाइल झिकाउने काम भएको र सम्बन्धित बैंकलाई सोधपुछ गर्ने काम भएको छ । उजुरी आएपछि सबै माथि छानविन हुन्छ । प्रमाण भेटिएकारवाहीमा जान्छौं ।’ उनीले भने ।
बैंकर लम्साल अहिले रातोपिरो अनुहार बनाएर हिडेका छन् । गर्भनर डा. चिरञ्जीवी नेपाललाई गाली गर्दै हिड्ने लम्सालको बैंक जनता बैंकमा भएका दर्जनौ काण्डको छानविन राष्ट्र बैंकले भित्री रुपमा गरिरहेको स्रोतको दावी छ । 
यो पनि पढ्नुहोस् :

जनता बैंकमा न्यौपाने र लम्सालको लुट कहिलेसम्म ?  अनुमति–पत्र खारेजी गर्ने राष्ट्र बैंकको चेतावनी !


जनता बैंकमाथि छानविन गर


माग्यो त अख्तियारले लम्सालका फाइल ? 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: