×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लोकसेवाप्रति बढ्दो आकर्षण बढ्दो, बर्षभर कतिले दिन्छन् लोकसेवाको परिक्षा ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – लोकसेवाको परिक्षा।  सरकारी जागिरको सपना देख्नेहरुका लागि उतिर्ण हुने पर्ने परिक्षा हो यो । पछिल्लो समय सरकारी जागिरप्रति नागरिकको क्रेज बढिरहेका बेला लोकसेवाको परिक्षा दिनेहरुको संख्या पनि बढेको छ ।  
आर्थिक वर्ष २०६७/०६८ मा ३ हजार २ सय ७ जनाको लागि दरखास्त आह्वान गरिएको थियो भने आर्थिक वर्ष २०६८/०६९मा ३ हजार २ सय २७ जनाको लागि दरखास्त आह्वान गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०६९/०७० मा ४ हजार ६ सय १९ जनाको लागि लोकसेवाले विज्ञापन प्रकाशित गरेकोमा आर्थिक वर्ष २०७०/०७१ मा ५ हजार ७ सय २१ तथा आर्थिक वर्ष २०७१/७२ मा ६ हजार १ सय ९५ जनाको लागि दरखास्त आह्वान भएको थियो ।

आयोगको परीक्षामा सामेल हुनेको संख्या बढ्दै गएबाट नेपालमा बेरोजगारीको अवस्था भयावह देखिएको छ । आर्थिक वर्ष २०६७/०६८ मा २ लाख ५२ हजार विद्यार्थी आयोगको परीक्षामा सहभागी भएको थिए भने आर्थिक वर्ष २०६८/०६९ मा २ लाख ७२ हजारले परीक्षा दिएका थिए । यसैगरी आर्थिक वर्ष २०६९/०७० मा ३ लाख ६९ हजार परीक्षार्थीले लोकसेवा आयोगको फारम भरेका थिए । आर्थिक वर्ष २०७०/०७१ मा ५ लाख ६१ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । आर्थिक वर्ष २०७१/७२ मा आइपुग्दा करिब ६ लाख विद्यार्थी लोकसेवाको परीक्षामा सहभागी भएको सहायक प्रवक्ता हुमागाईँले बताइन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: