×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिव नेपालका धनी नेताहरुको घर : हेर्नुहोस, हाम्रा नेता कस्ता घरमा बस्छन्…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ श्रावण २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

गरिव नेपालका धनी नेताहरुको घर : हेर्नुहोस, हाम्रा नेता कस्ता घरमा बस्छन्…

नेता भन्नेबित्तिकै संकटको बेला सही निकास दिन सक्ने क्षमतावान्, दूरदर्शी, चिन्तक, दार्शनिक, उचित मार्गदर्शक तथा निष्ठावान व्यक्तित्वको रुपमा चित्रण गर्दछौं । त्यसैले हामी नेताअनुसारको आचरण खोज्दछौं । राष्ट्रियस्तरमा भूमिका खेल्न सक्ने नेताकै आचरणका कारण बारम्बार चर्चा हुने गर्दछन् । 
विभिन्न दलका प्रभावशाली नेताका व्यक्तिगत जीवनशैली तथा उनीहरु कस्तो घरमा बस्छन् भन्ने विषयमा चासो राख्नु स्वाभाविक हो । नेपालका राजनीतिक दल नेतामध्ये केही भाडामा बस्छन् भने केहीले राजधानीमा महलसमेत ठड्याएका छन् । कयौं नेताहरु राजधानीमा ठूला घर भएकै कारण आलोचनाको सिकार हुने गरेका छन् । 
२०४६ को जनआन्दोलनपश्चात् देशमा प्रजातन्त्रको बहालीसँगै नेपाली कांग्रेस र नेकपा (एमाले) ले भूमिगत जीवन त्यागे । र, राजधानीकेन्द्रीत संसदीय राजनीति थाले । कांग्रेस/एमालेको यही सिलसिलाको पछिल्लो कडी बन्दै मिसिन आइपुग्यो– तात्कालीन नेकपा (माओवादी) ।

राजसी ठाँटको महलमा देउवा
कांग्रेसका प्रभावशाली नेता एवम् भावी सभापतिका सशक्त दावेदार वरिष्ठ नेता शेरबहादुर देउवा कांग्रेसभित्रकै धनी नेतामध्येमा गनिन्छन् । बुढानिलकण्ठमा रहेको १२–१५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा आलिसान घर बनाएका देउवाको बसाइँ कुनै राजा–महाराजाको भन्दा कम छैन ।
डढेलधुराका देउवा मध्यमर्गीय पृष्ठभूमिका हुन् । तीनपटक प्रधानमन्त्री भइसकेका देउवाको काठमाडौंको बुढानिलकण्ठमा दुईतले घरमा ८ कोठा रहेको पारिवारिक स्रोतले जनाएको छ । उनको पुख्र्यौली घर डढेलधुरामा रहेको दुईवटा घर सशस्त्र युद्धताका ध्वस्त भएकाले कुनै घर नभएको उनका सहयोगीले बताएका छन् ।
सात रोपनीका मालिक पौडेल
कांग्रेस उपसभापति रामचन्द्र पौडेलको काठमाडौंको बोहराटार–१६ मा ७ रोपनी जमिनमा छ । उक्त जमिनमध्ये डेढ रोपनी पौडेलको नाममा छ । अन्य जमिन पौडेलले आफ्ना आफन्तको नाममा नामसारी गरेको कांग्रेस स्रोत बताउँछ । बोहराटारको उक्त जग्गामा गार्डेनसहितको दुईतले घर छ ।
पौडेल निवास सामान्य खालकै छ ।
पौडेल उपप्रधानमन्त्री, सभामुख र पटकपटक मन्त्री भए । तनहुँ स्थायी घर भएका पौडेल तनहुँ २ बाट संविधानसभामा निर्वाचित भएका हुन् । उनको तनहुँमा एकतले घर रहेको उनका सहयोगीले जानकारी दिएका छन् । मध्यमवर्गीय पृष्ठभूमि रहेका पौडेलको आर्थिक स्रोत पनि अरु केही छैन ।
दुई रोपनीमा ओलीका दुई घर
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोटमा ओलीको भव्य निजी निवास छ । झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको बालकोटमा ओलीका दुईवटा घर छन् । बालकोटमा भएका दुई घरमध्ये एउटा पाहुनाका लागि तथा अर्को आफ्नो निवासका लागि उनले प्रयोग गर्ने गरेका छन् । दुवै घरमा जम्मा ५/५ वटा कोठा रहेको ओलीका निकट स्रोतले जनाएको छ । झापाबाट निर्वाचन लड्दै आए पनि उनको अधिकांश बसाइँ राजधानी केन्द्रीत छ ।
ओलीको पुख्यौंली घर झापा हो । उनका सहयोगीका अनुसार ओलीको झापा मेची नगरमा दुईतले पक्की घर रहेको र उक्त घरमा उनका आफन्त बस्छन् ।
खनालको चारतले घर
डल्लु आवासीय क्षेत्रमा घर बनाएका झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा एमाले निवर्तमान अध्यक्ष हुन् । उनको एक रोपनी क्षेत्रफलमा फैलिएको चारतले घर छ । खनालले आफ्नो घरको तल्लो तला सुरक्षाकर्मी तथा कार्यकर्ताका लागि छुट्याएका छन् ।
उक्त घरमा जम्मा १४ कोठा रहेको उनका सहयोगीले जानकारी दिएका छन् ।
२०४६ को परिवर्तनपछि एमालेको राजनीतिले संसदीय बाटो लिएयता चुनाव इलामबाट जित्दै काठमाडौंमै बढी केन्द्रीत हुने गरेका छन् । उनका सहयोगीका अनुसार पुख्र्यौली जिल्ला इलाममा कुनै घर जग्गा छैन ।
साधारण नेपालका साधारण घर
कोटेश्वरमा निजी निवास बनाएका एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री समेत हुन् । अन्य नेताहरुको तुलनामा सादा नेपालको तीनतले सामान्य घर ८ आना क्षेत्रफलमा छ ।
परराष्ट्रमन्त्री, उपप्रधानमन्त्रीहुँदै प्रधानमन्त्री भइसकेका नेपालले रौतहट– ३ गौर क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बनाउँदैआएका छन् । रौतहटमा जन्मिएका नेता नेपालको पारिवारिक बासस्थल अहिले पनि त्यतै छ ।
भाडाको घरमा प्रचण्ड
विद्रोही शक्तिको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो घर छैन । लाजिम्पाटमा रहेको उनको भाडाको निवासलाई लिएर बेलाबेलामा चर्को आलोचनासमेत हुनेगरेको छ । प्रचण्डनिकट स्रोतका अनुसार उक्त घरको भाडा मासिक एक लाख पाँच हजार हो ।
उनी भाडामा रहेको घरको पछिल्तिर एक तल्लाको घरमा सुरक्षाकर्मी बस्छन् । उनले भाडामा प्रयोग गरेको घर २ रोपनी क्षेत्रफलमा फैलिएको छ । उनी बसेको घरमा १० कोठा रहेको उनको सचिवालयले जनाएको छ ।
शान्ति प्रक्रियामा आएलगत्तै नयाँबजारको घरमा भाडामा बसेका उनी पछिल्लो समय लाजिम्पाट सरेका हुन् । चितवनका स्थायी बासिन्दा प्रचण्डको पारिवारिक अवस्था मध्यम वर्गीय हो ।
भट्टराई पनि भाडामै
कम बोल्ने धेरै पढ्ने छवि बनाएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराई ललितपुरको सानेपा हाइटमा भाडाको घरमा बस्छन् । लगभग ३ रोपनी क्षेत्रफलमा रहेको घरको भाडा भट्टराईले मासिक ८० हजार बुझाउने गरेका छन् । करिब १२ कोठा रहेको उनी बसेको घरका अतिरिक्त सुरक्षाकर्मीका लागि बनाइएको एउटा जस्ताको टहरा छ ।
पूर्वप्रधानमन्त्री भट्टराईको निर्वाचन क्षेत्र र स्थायी घर गोरखा हो । उनको पनि निजी निवास छैन ।
भाडाकै घरमा नारायणकाजी
पछिल्लो समय सार्वजनिक यातायातमा चढेर चर्चामा आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ललितपुरस्थित हरिसिद्धीमा भाडाको घरमा बस्दैआएका छन् । गोरखा स्थायी घर भएका नेता श्रेष्ठ मध्यम परिवारका हुन् ।
२०६२–६३ को आन्दोलनपछि खुल्ला राजनीतिमा आएका उनी साढे दुईतलाको घरमा मासिक ४० हजार भाडा तिर्दैआएका छन् । उनी बसेको घरमा पनि १२ कोठा रहेको छ । उनको कुनै सम्पत्ति नरहेको उनका सहयोगीले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: