×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इ-सेवाका नाममा अर्को लुट : ५००० ‘ट्रान्सफर’ गर्दा ५० रुपैयाँ ‘झवाम्’ ! भइरहेछ लाखौँ करछली (फलोअप नम्बर २)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – इसेवाले गैरकानुनी रुपमा वित्तीय कारोबार गरिरहेको समाचार सार्वजनिक भएपछी इसेवाका नाममा हुने गरेका अरु लुटधन्दा सार्वजनिक हुन थालेका छन् । यसै क्रममा इसेवाका नाममा भइरहेको अर्को लुटधन्दा बाहिरिएको छ ।

५ हजार ‘ट्रान्सफर’ गर्दा ५० रुपैयाँ ‘झ्वाम्’
केहिदिन अघि कोटेश्वरका एक सेवाग्राही तीनकुने स्थित एक कम्युनिकेशन पसलमा आफ्नो साथीको इसेवा एकाउन्टमा रकम हाल्न गए । आफ्नो इसेवा एकाउन्ट नभएकाले इसेवाले आफ्नो कस्टमर केयर भनेर जनाएको पसलमा गएर उनले आफ्नो साथीको एकाउन्टमा ब्यालेन्स हालिदिए । 
तर उनी त्यतिबेला अचम्ममा परे जुनबेला ५००० रुपैयाँ एउटा इसेवा एकाउन्टबाट अर्को इसेवा एकाउन्टमा ट्रान्सफर गर्दा ५० रुपैयाँ काटियो ।  उनले तुरुन्त पसलमा रहेकी साहुनीलाई यसबारेमा सोद्धा उत्तर आयो, ‘इसेवाको नियम नै यहि हो ।’ उनलाई न ५० रुपैयाँ काटिएको कुनै बिल थमाइयो, न त ५० रुपैयाँ रेट भएको भन्ने स्पष्ट आधारनै दिइयो । उल्टै ‘के किचकिच गरिरहेको अघिनै सोध्नुपर्थ्यो नि !’ भन्ने जवाफ आयो ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यो त हदसम्मको लुट हो । नेपाल टेलिकम र एनसेलमा ब्यालेन्स हाल्दा त केहि रुपैयाँ मात्र कमिसन पाउनेले इसेवा एकाउन्टमा ५००० हाल्दा ५० रुपैयाँ पर्नु ठुलो लुट हो।’  
यसरी भइरहेको छ करछली : 
इसेवाले उक्त पसलमा आफ्नो बोर्ड पनि राखेको छ । पसलका भित्ता भित्तामा इसेवाका प्रचार सामाग्रीहरु राखिएका छन् ।  पसलकी साहुनीले पनि ‘आफुहरु इसेवाको आधिकारीक कस्टमर सर्भिस प्रोभाईडर’ भएको दावी गर्छिन् । तर इसेवाबाट इसेवामै रकम ट्रान्सफर गर्दा कुनै बिल समेत दिइदैन । यदी उक्त रकमको हिस्सा इसेवाले पनि लिने हो भने ग्राहकलाइ बिल नदिंदा उसले कर छलेको देखिन्छ । 
यदी उक्त रकमको हिस्सा इसेवाले दिंदैन भने उ करछलीको मतियार भएको देखिन्छ । नेपालको आयकर ऐन २०५८ अनुसार कर छल्ने वा मतियारको रुपमा काम गर्ने दुबैलाई कारवाहीको व्यवस्था गरिएको छ । यसरी सरसर्ती हेर्दा पनि या त इसेवा आफैंले कर छलीरहेको छ अथवा कर छली गर्न अरुलाई उक्साईरहेको छ ।  यसरी प्रत्येक ग्राहकबाट यसरी अनाधिकृत रुपमा उठाइएको रकमबाट लाखौँ रुपैयाँ कर छली भइरहेको छ । 

के भन्छ इ सेवा ?
हामीले यसबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अस्कर अलीलाई सोधेका थियौं । उनले यस्तो भइरहेको स्वीकार्दै अब कुनै पनि पसलले लिने शुल्क इसेवाले नै दिनेगरी तयारी भइरहेको बताए । ‘कसैले पनि केहि फाइदा नभई त काम गर्दैन । अहिले पसलहरुले इसेवाको सेवा दिएवापत केहि शुल्क लिने गरेका छन्।  जुन शुल्क अव इसेवाले नै दिने गरी ब्यबस्था मिलाउने तयारीमा हामी छौं । अहिलेचाहिं पसल संचालकहरुले शुल्क लिइरहनुभएको छ ।     
इसेवा यसअघि पनि फुल-अडिटमा परिसकेको छ । सीइओ अलीले आफुहरु फुलअडिटमा परी क्लिन चिट पाइसकेको बताउँछन् भने इसेवाले राजनीतिक आढमा करछली प्रकरणबाट मुक्ति पाएको सरोकारवालाहरुले आरोप लगाएका छन् । 
इ-सेवाले गरिरहेको गैरकानुनी धन्दाबारे अख्तियार र आन्तरिक राजश्व विभागले पनि छानविन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । 
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: