×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको एटिएमबाट ३१ लाख चोरियो

काठमाडौँ – रोमानियाका नागरिक आएर वैंक चोरी गर्छन् भने आश्चर्य मान्नैपर्छ । हिमालयन बैंकका विभिन्न एटिएम प्रयोग गरि रोमानियाका नागरिक पेडाले ३१ करोड चोरी गरेको फेला परेको छ । सिआइबीले हिमालयन बैंकको आग्रहमा पेडालाई हालै पक्राउ गरेको छ । साउन २० गते ती रोमानीयन नागरिकलाई शंकर होटलवाट पक्राउ परेको सिआइवी प्रमूख डिआइजी नवराज सिलवालले बताए । 
पर्यटक बनेर नेपाल आएका अन्तर्राष्ट्रिय गिरोहका सदस्य रोमानियाका नागरिक पेडा चौथो पटक नेपाल आएका यस पटक उनीले इटली, जापान, टर्की लगायत देशका ब्यक्तिहरुको एटिएम कार्ड प्रयोग गरि रकम हिमालय बैंकवाट निकालेको पुष्टी भएको छ । 
सिआइबीका प्रमुख एवं डिआइजी नवराज सिलवालले दिएको जानकारी अनुसार नेपाललमा जसरी चोरी भइरहेको छ । यसलाई नियन्त्रण गर्न बैंक पनि लाग्नु प¥यो, नयाँ प्रविधि अपनाउनु प¥यो हामीले राष्ट्र बैंकसँग पनि कुरा गरेका छौं । 
स्रोतका अनुसार नेपालका बैंकहरुले चीप प्रविधिको एटिएम कार्ड नल्याएसम्म यस्तो चोरी भैरहने देखिन्छ । जे भएपनि हिमालयन बैंकमा एक पछि अर्को काण्ड हुनु बैंक व्यवस्थापन टिमको कमजोरी हो । राजतिलक साप्ताहिकमा खबर छ । 
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: