×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकमा अर्को काण्ड ! १० करोड कमिशन खाएर दिएको सवा अर्व डुब्यो

काठमाडौँ – हिमालयन बैंकका सिइओ अशोक सम्शेर राणा र बैंक अफ काठमाण्डू लिमिटेडका तत्कालीन सिइओ राधेश पन्तले संचालक समितिवाट निर्णय नै नगराई आफ्नो अधिकार बाहिर गएर चोरबाटोबाट मेलम्ची खानेपानीको चिनीया ठेकेदार कम्पनीलाई दिएको दुवै बैंकको १ अर्व १५ करोड डुबेको सुन्दा अचम्म लाग्ला तर यो सत्य हो । दुबै बैंकले बैंक ग्यारेन्टी वापत दिएको सो पैसा दिए वापत ५÷५ करोड बैंकिङ्ग कमिशन नियम अनुसार नै बैंकले लिएको खुलाको छ । आज दुवै बैंकको १ अर्ब १५ करोड डुबेको छ । दुबै बैंकले सो रकम प्रभिजन गरेका छन् । यसले दुवै बैंकको नाफामा असर परेको देखिन्छ । बैंक ग्यारेन्टी भनेको सम्बन्धीत ठेकेदार कम्पनीले राज्यलाई पैसा नतिरे बैंकले तिर्ने भनेर दिएको पैसा हो ।  
यो वैंक ग्यारेन्टीको कथा यस्तो छ–
चिनीया कम्पनीको मेलम्ची ठेकेदारसँग जब सरकारले ठेक्का तोड्यो तब बंैंकहरुको आँखा खुल्यो अब पैसा कसरी उठाउने भनेर मुद्दा भए तर दुबै बैंक हा¥यो पैसा मेलम्ची खानेपानीको खातामा राष्ट्रबैंकले राखी दियो । 
समाचार लेखेवापत हिमालयन बैंकका सिइओ अशोक राजा सावले पंक्तिकारलाई बैंककै फोनवाट ३ मिनेट २ सेकेन्ड एक स्टाफलाई धम्काउन लगाए मार्ने धम्की समेत दिए । खण्डन नछापिए घरमै मारिदिने धमास दिए । हामीले जनताको पैसा सुरक्षित होस् भन्ने हेतुले समाचार लेखेका हौं । हामीलाई अशोक राजा सावको फोटो पटक पटक छाप्न मन छैन । इच्छा छैन । समाचार लेख्दै गए पछि सूचना उहाँहरुकै संचालकहरुले हामीलाई दिएका छन् । एउटा यस्तो रमाइलो घटना हिमालयन बैंकमा फेला परेको छ । जो सुन्दा शरीर नै जिरिङ्ग हुन्छ । यसको भण्डाफोर हामीले शुरु गरेका छौं, कथा हो ३ वर्ष अगाडीको !
सरकाले काठमाडौंका जनतालाइपानी खुवाउने मेलम्ची आयोजनाको काम शुरु गर्न चिनीया ठेकेदार कम्पनीलाई ठेक्का दिईयो । तर चिनीया कम्पनीले काम गर्न ढिलो ग¥यो र सरकारले नै ठेक्का रद्द ग¥यो । चिनीया कम्पनी चीन फर्कियो । उसले चीन जाँदा जाँदा हिमालयन बैंकको ६७ करोड र बिओकेको ५७ करोड लिएर गयो । त्यो पैसा अझै उठेको छैन । बैंकले लोन प्रभिजन त ग¥यो जसका कारण दुबै बैंकको नाफा नै डुब्यो। 
जब चिनीया कम्पनी ठेकेदारले ठेक्का पा¥यो हिमालयन बैंकका अशोक राजा सावले बोलाएर ६७ करोड पैसा बैंक ग्यारेन्टी वापत जमानी बसी दिए । ठेक्का सरकारले तोड्यो ठेकेदार चिनीया बैंकले तिरेन । हिमालयन बैंकले पुनरावेदन अदालतमा ठेकेदार बिरुद मुद्दा दायर ग¥यो । अदालतले स्टेअर्डर जारी गरेन । बाध्य भएर हिमालयन बैंकले सिधै पैसा ठेकदार र कम्पनीलाई नदिई राष्ट्र बैंकको खातामा राखी दियो । जब मुद्दा बैंकले हा¥यो । राष्ट्र बैंकले पैसा मेलम्ची ठेकेदार कम्पनीको खातामा ६७ करोड दियो । त्यस बेला गर्भनर डा.युवराज खतिवडाले मेलम्चीको खातामा सो पैसा दिएको बैंक सुत्रको दाबी छ । 
अहिले हिमालयन बैंकले सुप्रिम कोर्टमा मुद्दा दायर गरेको छ । तर अब पैसा नउठ्ने निश्चित भएको छ । चिनीया ठेकेदारले चीनको एउटा बैंक र हिमालयन बैंकलाई विपक्ष बनाई चीनमा मुद्दा दायर हाल्यो र उसले मुद्दा जितेको छ । बैंक ग्यारेन्टी चीनिया एक बैंकको जमानीमा नेपाली बैंकले दिएका थिए । दुबैं देशको अदालतबाट मुद्दा जितेपछि ठेकेदार कम्पनीले पैसा नर्तिने पत्र हिमालयन बैंकलाई दिएको छ । नेपाली जनताको पैसा फैसला नहुन्जेल राष्ट्र बैंकको खातामा राखी यो पनि तत्कालीन गर्भनर डा.युवराज खतिवडाले चीनिया ठेकेदारको ग्यारेन्टी पैसा सरकारको खातामा राखीदिए । पैसा दिएकाले हिमालयन बैंकको ६७ करोड डुबेको हो । 
अहिले चीनिया ठेकेदारको अत्तोपत्तो छैन । अशोक राजा सावले यसरी जनताको पैसा डुवाएर यिनै कुराको समाचार बनाउने पत्रकारलाई मार्ने धम्की दिने राजा सावहरुको बारेमा हामीले अझै धेरै काण्ड फेला पारेका छौं । मेलम्चीको ठेकेदार कम्पनीलाई सरकाले दिएको रकम चीनिया ठेकेदार कम्पनीले नबुझाएपछि हिमालयन बैंकले बैंक ग्यारेन्टी वापत दिएको ६७ करोड मेलम्ची खानेपानीको खातामा उक्त पैसा पुगेको हो । 
जब ठेक्का सरकारले तोड्यो त्यसबेला चीनिया कम्पनीलाई पेश्की स्वरुप सरकारले दिएको पैसा नतिरेपछि बैंक ग्यारेन्टीको दुबै बैंकको पैसा सरकारको खातामा गएको हो । यी विचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक÷पटक राष्ट्र बैंकलाई पत्र काटी सो बैंक ग्यारेन्टी वापतको पैसा मेलम्चीको नाममा राख्न निर्देशन समेत दिएको थियो । समाचार स्रोत भन्दछः– मेलम्ची खानेपानीको चीनियाँ ठेकेदार कम्पनीसँग बैंक ग्यारेन्टी दिए वापद हिमालयन बैंकले ६ करोड कमिशन लिएको थियो । ६ करोडको लोभमा ६७ करोड डुबेको हो । 
अर्को बैंक अफ काठमाण्डू लिमिटेडका तत्कालीन सिइओ राधेश्याम पन्तले बोर्डमा पास नगरि अधिकारको दुरुपयोग गर्दै मेलम्चीको ठेकेदार कम्पनीलाई दिएको ५६ करोड पनि उठेको छैन । यो रकम बैंक अफ काठमाण्डुले प्रोभिजन गरेको भएपनि बैंकको नाफामा असर परेको देखिन्छ । बैंक ग्यारेन्टी वा जमानी भनेको ठेकेदारले नतिरे ग्यारेन्टी बसेको बैंकले तिर्नुपर्ने राष्ट्र बैंकको २०६६ सालकै निर्देशनमा उल्लेख गरिएको छ । यी दुबै बैंकले चिनीयाँ ठेकेदार कम्पनीसँग बैंक ग्यारेन्टी वापत ५ करोड कमिशन पाउने भएका कारण लगानी गरेका थिए । सो कमिशन बैंकको नियम अनुसार बैंकले नै पाउने कमिशन हो । अहिले राष्ट्र बैंकका पूर्व प्रमूखहरुलाई आरोप बैंकहरुकै रहेको राष्ट्र बैंक स्रोतको दावी छ । 
यस सम्बन्धमा पंक्तिकारले राष्ट्र बैंकका तत्कालीन डिपुटी गर्भनर महाप्रसाद अधिकारीसँग प्रतिक्रिया माग्दा उनीले भनेः– चीनियाँ ठेकेदार कम्पनीले पैसा सरकारलाई नतिरे पछि बैंक ग्यारेन्टी बसेका हिमालयन बैंक र विओकेको करिब १ अर्ब १५ करोड राज्यको खातामा गएको सत्य हो । बैंक्ले ग्यारेन्टी दिए वापत कमिशन दिने गर्दछन् । आफू पैसा उठाउन नसक्ने अनि अरुलाई आरोप लगाउने यो राम्रो कुरा होइन । उनीले थपे ।
बैंक ग्यारेन्टी भनेको के हो उसले नतिरे हामी तिर्दछौं भने को हो त्यसकारण– आफू गल्ती गर्ने अनि दोष अरुलाई दिने ?
यी दुबै बैंकलाई अख्तियारले पैसा तिर्न पटक÷पटक राष्ट्र बैंक मार्फत अनुरोध गरेपछि यी बैंकले राष्ट्र बैंकको खातामा पैसा राखी दिएका थिए । सो पैसा हामीले मेलम्चीलाई दिएका हौं  अधिकारीले प्रष्ट पारे । जे भएपनि जनताको पैसा बढाउने, सुरक्षा गर्ने काम बैंकहरुको सिइओ, संचालकहरुको हो । हाम्रो भनाईमा यति मात्रै हो । बैंक अफ काठमाण्डूका तात्कालीन सिइओ पन्त नेपाल, लगानी बोर्डका सिइओ त्यस लगत्तै बनेका थिए । अहिले उनीले एमालेको तत्कालीन सरकारले हटाएपछि सुप्रिप कोर्टमा मुद्दा गरेर बसेका छन् । 
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: