×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको अर्को लुटधन्दा, नियम मिचेर यसरी खुलेआम गैरकानुनी धन्दा सन्चालन !

फाइल तश्वीर 
काठमाडौँ – बैंकभित्रका अनेक घोटालाका कारण चर्चामा आएको हिमालयन बैंकले बैंकबाहिर पनि आफ्ना ग्राहकहरुलाई ठग्ने गरेको रहस्य खुलेको छ । आफ्नै बैंकमा आउने सेवाग्राहीहरुबाट समेत पार्किङ शुल्क असूलेर बैंकले लुटधन्दा चलाईरहेको छ । पार्कीङमा कर्मचारीनै परिचालन गरी बैंकमै आएकाहरुबाट बैंकले पैसा असुल्ने गरेको छ ।  मोटरसाइकल र स्कुटरलाइ प्रति घण्टा १५ र कारका लागि प्रतिघण्टा ४० रुपैयाँ तोकेर गैरकानुनी रुपमा बैंकले पैसा असुल्ने गरेको छ । 
पार्कीङ शुल्क लिन्छ तर जिम्मेवारी लिंदैन :
बैंकले दिएको रसिदमा स्पष्टसंग गाडी वा बाइकको जिम्मेवारी साधनधनी स्वयमको भएको उल्लेख छ । काठमाडौँका अधिकांस बैंकमा पार्कीङ निशुल्क भएपनि हिमालयनले भने यस्तो लुट धन्दा चलाईरहेको छ । शुल्क पनि लिने र जिम्मेवारी पनि लिन्न भन्ने हिमालयनको यस्तो रबैयादेखि सेवाग्राही आजित हुने गरेका छन् ।    
अनुमति नै नलिइ गैरकानुनी धन्दा : 
हिमालयन बैंकले पार्किङ स्थल संचालनका लागि अनुमति नलिइ यस्तो गैरकानुनी धन्दा चलाईरहेको छ भने उसले आधिकारिक बिल समेत प्रयोग गरेको छैन । पार्किङबापत संकलन हुने रकमबाट कर नतिर्ने बैंकले एकातर्फ राजश्व छलीरहेको छ भने अर्कोतर्फ बैंकले काठमाडौँ महानगरपालिकाको नियम समेत मिचेको छ ।  
के भन्छ महानगरपालिका ?
यसबारे अर्थ सरोकार डटकमका प्रतिनिधिले सोधेको प्रशनको उत्तर दिंदै काठमाडौँ महानगरपालिकाका संचार अधिकृत महेश काफ्लेले बिना इजाजत पार्किङ स्थल संचालन गर्नु  गैरकानुनी भएको बताएका छन् । उनका अनुसार काठमाडौँ महानगरपालिका भित्र संचालन गरिने पार्कीङ सुबिधाका लागि अनुमति लिनु पर्छ । 
(हिमालयनले गरेको यो गैरकानुनी धन्दाको प्रमाण अर्थ सरोकार डटकमसँग सुरक्षित छ)  
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: