×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्पको त्रासमा रहेका बेला ‘आमालाइ’ फोन गर्न पैसा थिएन,एनसेलले ‘फ्री कल’ दिएन, अहिलेको यो बोनस के काम ?

  • सुष्मा केसी 

एनसेल – नेपाल लै लागि । सुनिएकै हो।  जनताले एनसेल लुट्नकै लागिभनिदिएपछी अव त एनसेलले त्यो नारा पनि हटाएछ क्यार, नयाँ लोगो आएदेखि सुनिएको छैन । नेपालको नियम मिच्ने, जनता ठग्ने अनि नेपाललाइ बेला बेलामा सहयोगको नाटक गर्ने तर विपत्ति पर्दा वास्ता नगर्ने एनसेल अहिले देशभरका मिडियादेखि नेताहरुलाइ सम्म आफ्नो हातमा लिएर मस्ती मारिरहेको छ नेपालमा ।

सन्दर्भ एनसेलले दिएको बोनस । आफ्नो ब्राण्ड परिवर्तन भएको बाहानामा एनसेलले यतिसम्म बोनस दिएको छ कि मानौं जोडीहरुलाइ, पैसाका कारण कम कुरा गर्नेहरुलाई अहिले दशैंनै आएको छ । तर यति धेरै बोनस दिने एनसेल जनतालाइ विपत्ति पर्दा कहाँ थियो ?
जनता भूकम्पको मारमा परेका बेला, भाइबर लगायत अन्तराष्ट्रिय कम्पनीहरुले समेत निशुल्क सेवा दिएका बेला, नेपाल टेलिकमले फ्री कल दिएका बेला त्यहि एनसेल कुन कुनामा थियो । छोराहरुले आमालाई फोन गर्न पाएनन् । अनि आमाहरुले छोरालाई । बरु टावर दिष्टर्ब भयो तर एनसेलले फ्रीकल दिएन ।   
सबैलाई थाहा छ पछी करोडौं रुपैयाँ एनसेलले भूकम्पपिडितलाइ सहयोग गर्ने भन्दै गर्यो।  तर त्यो सहयोग थिएन, कर कम तिर्ने बाहाना मात्र थियो । हिजो मात्र एनसेलले भव्य जाँडपार्टी गर्यो आफ्नो ब्राण्ड परिवर्तन गरेको भन्दै । तर जनतालाई परेको बेला जनताले नपाएको एनसेलको साथलाइ सम्झने हो भने एनसेलको यो खोक्रो खुसीयाली आखिर के का लागि !
अहिले पनि भन्न कुनै पनि लाज मान्नु पर्ने स्थिति छैन , एनसेल नेपालीहरुका लागि कहिले पनि रहेन । कि देशको नियम  मिच्न रह्यो कि जनतालाई ठग्न रह्यो एनसेल । अहँ एनसेल, नेपालकै लागि कहिले पनि रहेन।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: