×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ बर्षदेखि एनसेलको लुट, जनता ठग्ने र नियम मिच्नेलाई कहिलेसम्म छुट ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – एनसेलले जनता ठग्ने गरेको आरोप नौलो होइन । एनसेलले करछलीको लागि संसददेखि सडकसम्म गरेको ‘लविङ’ को समाचार पनि नौलो होइन । तर नेपाली कर्पोरेट क्षेत्रको बादशाह संस्था भनेर चिनिएको एनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाईरहेको खुलासा भएको छ ।  सन्दर्भ : एनसेलले गरिरहेको वित्तीय कारोबारको हो । एनसेलले ‘एनसेल सापटी’ का नामामा वित्तीय कारोबार गरिरहेको छ जसलाई नेपालको कानुनले बर्जित गरेको छ ।  
यस्तो छ बाफियाको व्यवस्था :
नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (फाफिया)  २०६३ को दफा २८ अनुसार वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्न पाउने व्यवस्था छैन । वाफियामा स्पष्टसँग वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्ने नपाउने उल्लेख गरेको भएपनि एनसेलले भने उक्त नियमलाई मिच्दै वित्तीय कारोबार गरिरहेको छ । एनसेलले ‘एनसेल सापटी’ का नाममा ऋण दिने र त्यसको चर्को ब्याज असुली गरी जनता ठग्ने गरेको छ ।  
कम्पनी ऐन पनि मान्दैन एनसेल 
कम्पनी ऐन, २०६३ अनुसार प्राईभेट कम्पनीहरुले राष्ट्र बैंकसँग स्विकृति लिएर पनि वित्तीय कारोबार गर्न नपाउने स्पष्ट गरेको छ  । अन्यथा यस्तो कारोबार गरेको थाहा भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २८ अनुसार गैरकानुनी हुन जान्छ । तर त्यहि कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीले पावर र पैसाका भरमा कानुन मिचीरहँदा पनि कसैले कारवाही गरेको छैन । एनसेलले ४ वर्षदेखि यस्तो गैरकानुनी धन्दा गरिरहेको छ । 
एनसेलले गरिरहेछ कर्पोरेट अपराध ! 
नेपालका विद्यामान कानुन हेर्ने हो भने पनि एनसेलले कर्पोरेट अपराध गरिरहेको छ । नेपालको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को नाफाखोरी शीर्षक अन्तर्गतको उपदफा १ मा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्य भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावमा लाभ उठाई सो माल बस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ, ।’ तर एनसेलले यो ऐनको भावना विपरित काम गरी कर्पोरेट अपराध गरिरहेको छ। 

एनसेल सापाटीका नाममा यसरी हुन्छ ठगी :
एनसेलले  रु. दुई भन्दा कम भएमा रु. २० रुपैयाँ सापटी लिन पाउने व्यवस्था गर्‍यो । एनसेलकै भाषामा ‘सापाटी’ पछि रु. १०० रिचार्ज गरेको खंदामा एनसेलले रु. २० सहित २२ रुपैयाँ ४८ पैसा र रु. एक सय अन्तर्गतको कर एक रुपैयाँ ९६ पैसा सहित जम्मा चार रुपैयाँ चौवालीस पैसा  काटिदिन्छ । यसरी सापटी रु. २० र रु. १०० अन्तर्गतको करबापत एक रुपैयाँ ९६ पैसा सहित २ रुपैयाँ ४८ पैसा पनि तपाईंको रिचार्जबाट कट्टा हुन्छ । यसरी सरासर हेर्दा पनि २ रुपैयाँ ४८ पैसा एनसेलले ठग्छ ।

‘ऋण वा सापटी ?’
सापटीलाई नेपाली चलनचल्तिको भाषामा ‘जति लियो त्यति मात्रै फिर्ता गर्ने’ भनिन्छ । मुलुकी ऐनको ‘लेनदेन ब्यबहारको महल’मा ‘ब्याज उल्लेख नगरेको भए साँवा मात्रै भराई दिनु’ भनेर उल्लेख गरिएको छ । तर, एनसेलले त ब्याज मात्रै होईन साहू महाजनले पहिले लिँदै आएको ‘चक्रबृद्धि ब्याज’ भन्दा चर्को ब्याज लिइरहेको छ, जसले यो ऋण नै हो सापटी होइन भन्ने सपष्ट गर्छ ।


३६५० % ब्याज !
एनसेलको सापटी स्किम अनुसार उसैकै भासामा रु २० सापटी लिएको खण्डमा  ८ मिनेट २० सेकेन्डमै कर बाहेक २ रुपैयाँ ४८ पैसा हुन आउँछ । सरसर्ती हिसाव गर्ने हो भने एनसेलले ३६५० % ब्याज लिने गरेको छ ।   यो त ब्याज लिनेको पनि हद भएन र ?
कति ठग्यो होला त एनसेलले ?
एनसेलले एउटा ग्राहकसँग ८ मिनेट भित्रै २ रुपैयाँ ४८ पैसा ठगी गरिरहेको छ । एनसेलकै पटक पटक प्रकाशित हुने बिज्ञप्तिमा उसले आफ्ना प्रयोगकर्ता करिव एक करोड चालिस लाख रहेको दावी गर्दै आएको छ । यसरी जनताबाट करोडौं रुपैयाँ ठगी गरेपनि एनसेललाइ अझैसम्म कसैले छुन सकेको छैन । 
बोल्न चाहेन एनसेल :
यस बिषयमा बुझ्न अर्थ सरोकार डटकमले एनसेलमा सम्पर्क गरेको थियो । तर यस बिषयमा सोद्धा त्यहाँका कर्मचारीले आफुले यस बिषयमा बोल्न नहुने बताए । सुचना अधिकारीको नम्बर माग्दा उनले भने, ‘नम्बर दिन मिल्दैन ।’   
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: