×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनजीओ पसेपछि नेविसंघका बबाल

काठमाडौँ – नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन भएको चार दिनसम्म पनि बन्द सत्र सुरु हुन नसक्नु र आफू आफैमा विवाद गरेर बस्नुको पछाडि एनजिओको भूमिका रहेको पाइएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
नेविसंघका एक उच्च नेताले दिएको जानकारीअनुसार स्कुल अफ डेमोक्रेसी नामक एनजिओका कारण महाधिवेश नै भाडिने अवस्थामा पुगेको हो । सो एनजिओमा नैनसिंह महर र मिनबहादुर विश्वकर्माले काम गर्छन ।
सोही एनजिओले नैनसिंह महरलाई जसरी भएपनि नेविसंघको अध्यक्ष बनाउन खर्च गर्दै आएको छ । स्रोतकाअनुसार महरले सो एनजिओबाट एक करोड बराबरको सहयोग लिएको स्रोतको दावी छ । मीन विकले हुँदै नभएको सहमति भएको र एउटा मात्र उम्मेदवार महर भएको भन्दै हल्ला चलाए ।
हल्ला चलेपछि सभापति शेरबहादुर देउवाले विकलाई बोलाए र भएको के हो भनेर सोधे । हुन त महर देउवाका नै उम्मेदवार थिए र हुन् पनि । तर सहमति नै नभएको विषयमा हल्ला चलाएर महाधिवशेन भाड्न लागेको भन्ने खप्की खाएपछि विकले पनि एनजिओलाई दोष लगाइदिए र भने यसमा मेरो कुनै भूमिका छैन सबै स्कुल अफ डेमोक्रेसीको हो ।
जुन संस्थामा काम गर्छन, जहाँबाट खर्च पानी जुटाउँछन् त्यसैको नाममा धेरै बबन्डर गर्नु पनि जायज नभएपछि सो विषयमा गुपचुप राख्नुपर्ने बाध्यता रहेको छ ।
तर जीतजंग बस्नेत समूहले एनजिओका कारण महाधिवशेन लगभग भाडिने अवस्थामा पुगेको भन्दै आपत्ति जनाएपछि एनजिओ प्रकरण बाहिर आएको हो ।
उता विवाद मिलाइएको भनेपनि नेविसंघभित्र एकले अर्कोलाई नमान्ने र स्वीकार गर्ने अवस्था नरहेको भन्दै विवाद बढ्दै गएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: