×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चीनको राजदूतमा लिलामणि पौडेल, भारतमा फेरि दिपकुमार उपाध्याय सिफारिस


काठमाडौं – पूर्व मुख्य सचिव लिलामणि पौडेललाई नेपाल सरकारले चीनको लागि नेपाली राजदूत सिफारिस गरेको छ । त्यस्तै भारतको लागि भने यस अघि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा रहँदा फिर्ता भएका पूर्व राजदूत दिपकुमार उपाध्यायलाई सिफारिस गरेको छ । 
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भारतका लागि राजदूतमा उपाध्याय र चीनका लागि राजदूतमा पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको सञ्चार मन्त्री राम कार्कीले जाकारी दिए । प्रवक्ता कार्कीका अनुसार निकट भविष्यमा हुने प्रचण्डको भारत भ्रंमण र चीनका राष्ट्रपति सि जिङ पीङको नेपाल भ्रमणलाई मध्यनजर गर्दै तत्काल राजदूत सिफारिस गरेको हो । त्यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा। ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा। श्रीराम पौडेल नियुक्त भएका छन् ।

  • दियो पोस्ट 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: