×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानका विद्यार्थी तथा सदश्यहरुलाई खुसीको खबर, शुल्क बुझाउन अब बैंक धाउनु पर्दैन, आइक्यानमै खुल्दैछ एनबी बैंकको काउन्टर

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का विद्यार्थी तथा सदश्यहरुलाई खुसीको खबर छ । अब आइक्यानमा विभिन्न शीर्षकमा तिर्नुपर्ने शुल्क बुझाउन एनबी बैंकनै धाउनुपर्ने झन्झटको अन्त्य हुने भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल बंगलादेश बैंकबीच आइक्यान परिसरमै नेपाल बङ्गलादेश बैंकको काउन्टर हस्ताक्षर गर्ने सम्झौता भएको छ ।

यस अघि एनबी बैंकमा गई रकम बुझाइ सोको भौचर लिएर आइक्यानमा जानुपर्ने प्रक्रिया थियो । विगत लामो समयदेखि आइक्यानमै बैंकको काउन्टर राख्नुपर्ने माग सदश्य तथा विद्यार्थीहरुले गरेका थिए ।  गत भाद्र ५ गते उक्त सम्झौता भएको आइक्यानले बताएको छ । असोज पहिलो साताबाट आइक्यान परिसरमा बैंकको काउन्टर बस्ने बुझिएको छ ।
सम्झौतापत्रमा आइक्यानका तर्फबाट सिए बिनय प्रकाश श्रेष्ठ र बैंकका तर्फबाट सिए सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: