×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडा अटो शो हेरेर गाडी किन्दै हुनुहुन्छ भने होसियार ! भारतमा प्रतिबन्ध लगाइएको गाडी नेपालमा धमाधम विक्री भइरहेछ !

काठमाडौ – नेपालको कानुन दैबले जानुन भन्ने उखान पूरानै हो । गाडी विक्रीको हकमा पनि त्यस्तै भएको छ । राजधानीमा जारी नाडा अटो सोमा भारतबाट समेत अस्वीकृत भएको ड्याटसुन गो गाडी नेपालमा धमाधम बिक्रि भइरहेको खुलासा भएको छ । भारतमा बिक्रि बितरणमा रोक भएपछी नेपालमा सस्तो मुल्यमा बिक्रि बितरण भइरहेको यो गाडी ‘ड्याटसुन गो ‘ हो ।
भारतमा प्रतिबन्ध, नेपालमा खुलेआम विक्री :
ग्लोवल न्यु कार एसिसमेन्ट प्रोग्राम (एनसीएपी)ले ती कम्पनीका गाडी सुरक्षाको दृष्टीकोणले सडकमा चलाउन नसकिने भनेर प्रमाणित गरेपछि ती गाडी भारतमा प्रतिवन्ध लागेको थियो । ती सबै गाडी भारतबाट फिर्ता भइसकेका छन् । एनसीपएपीका अध्यक्ष म्याक मोर्लीले निसान कम्पनीका अध्यक्ष कार्लोस घोस्नलाई ती गाडीहरु सडकमा गुडाउन योग्य नभएको र निसान कम्पनीबाट उत्पादन भएका गाडीहरुमा यो अपेक्षा नगरिएको ब्येहोराको चिठी पठाएका थिए ।
कसले गर्दैछ यस्तो ?
ड्याटसुन गो ब्राण्डका गाडीको नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्प हो । उक्त कम्पनीले यो गाडी नेपालमा बिक्रि बितरण गर्दै आएको छ । हाल काठमाडौँमा चलिरहेको नाडा सोमा सो गाडी १३ लाख ९९ हजारमा बिक्रि भइरहेको छ ।
सो कम्पनीका निर्देशक गौरव सारडासंग पटक पटक फोन सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन । कम्पनीले नेपालमा बिक्रि बितरण गर्दै आएका ती गाडीहरु सानो ठक्करबाट पनि कच्याक कुचुक हुने खालको भएको कारण ती सवारीमा चढ्ने पेसेन्जरको जीवन नै धरापमा हुने एनसीएपीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: