×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल मेलाका नाममा लागुपदार्थको व्यापार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनसेल मेलाका नाममा लागुपदार्थको व्यापार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपालको निजिस्तरको टेलिकम सेवा प्रदायक कम्पनी एनसेललले आउंदैगरेको दशैंको अवसर भन्दै धरानमा गरेको एनसेल मेलामा गाँजाको खुलेआम् व्यापार भएको रहस्य खुलेको छ । एनसेलले बिहीबार पब्लिक हाई स्कुल मैदान, धरानमा उक्त मेला आयोजना गरेको थियो ।
बिहान ११ बजे शुरु भएको मेलामा आएका दर्शकहरुमध्ये कतियले गाँजानै बोकेर कार्यक्रमस्थलमा पुगेको बताइएको छ । आफ्नो नाम नबताउने सर्तमा धरानस्थित उक्त कार्यक्रमका एक सहभागीले एनसेलकै मान्छे हुँ भन्ने केहि समेत गाँजा व्यापारमा संलग्न भएको बताएका छन् ।
प्रहरीले तथा आयोजकले सुरक्षाको व्यवस्था मिलाएको भएपनि छलकपट गरेर गाँजा लगायतका लागुपदार्थ कार्यक्रमस्थलमै लागिएको र त्यसको प्रयोग भएको सहभागीहरुले बताएका छन् । एनसेलले आफ्नो प्रचार गर्ने निहुँमा गरेको यस्तो कार्यक्रममा यसरी खुलेआम लागुपदार्थको ब्यापार हुनुलाई प्रहरी र आयोजककै कमजोरीको रुपमा लिनुपर्ने सहभागी केहीको भनाइ थियो ।
एनसेल मेलामा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु थियो भने मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, मिलनअमात्य,लाउरे, सन्दिप क्षेत्री, रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुती दिएका थिए । यसबारे एनसेलका सम्बन्धित व्यक्तिसँग कुराकानी गर्न खोज्दा एनसेलका कर्मचारी सम्पर्कमा आउन चाहेनन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: