×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यो दशैंमा देशभर लगाइयो ४३ लाख माना चामलको टिका, मूल्य झन्डै साँढे १७ करोड !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – आजबाट दशैं सकिएको छ । देशभर रातो टिका र जमरा लगाएर दशैं मनाइएको छ । झट्ट सुन्दा अपत्यारिलो लागेपनि यो दशैंमा ४३ लाख माना चामलको टिका लगाइएको छ जसको मूल्य झन्डै साँढे १७ करोड रुपैयाँ पर्छ ।  
सन् २०११ को जनगणनाअनुसार नेपालमा ८१ प्रतिशत अर्थात् २ करोड १५ लाखभन्दा बढी हिन्दू धर्मावलम्बी छन् । अझ यसमा बढेको बताइन्छ । औसत पाँचजनाको एउटा परिवार हुने तथ्यांकले देखाएको छ । यस हिसाबले ४३ लाख हिन्दू परिवारमा एक माना चामलको टीका दशैंमा लगाएको मान्दा पनि यस्तो तथ्यांक आउँछ । हजारौं मन्दिरमा पनि बनाइएको चामलको टीकाको हिसाव छुट्टै छ । कैयौँ परिवारले जुठो परेर टीका नलगाएको हिसावलाई त्यहीं छोड्ने हो भने पनि यस्तो तथ्यांक आउँछ ।
औसतमा २ मानाको धेरथोर १ किलो हुन्छ र १ किलो चामलको औसत ६० रुपैयाँदेखि १४० रुपैयाँसम्म पर्छ । औसतमा ८० रुपैयाँको चामलको हिसाव गर्ने हो भनेपनि ४३ लाख माना चामल औसत ८० रुपैयाँले हिसाव गर्दा पनि झन्डै साँढे १७ करोड रुपैयाँ पर्ने गरेको छ ।
यो सामान्य आंकडामात्र हो  । दशैंमा पूजा गर्ने ठाउँमा दियो, कलश राख्ने ठाउँमा पनि चामलको खपत हुने गरेको छ  । यसरी पूजा गरिएको चामल मन्दिरमा लगेर चढाउने, माग्नेलाई दिने वा नदीमा बगाउने चलन छ  । यसरी पनि चामलको फोकट प्रयोग अरु करोडौं रुपैयाँको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: