×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रेम बानियाँको गोप्य ‘यौनकाण्ड’ जसले उनलाई अमेरिका भगायो !

काठमाडौं, १४ असोज । टेलिभिजन पर्दामा एक पात्र सँधै उदाउँथे । ती हुन् प्रेम बानियाँ । राष्ट्रवादको खोक्रो शब्दहरुको जालमा उनी भन्थे ‘जय स्वाभिमान’ । टेलिभिजनको स्क्रिनबाट ठूलो स्वरमा स्वाभिमानी नारा वाचन गरिदिएपछि कतिपयले बानियाँलाई ‘भयंकर’ राष्ट्रवादी मानिँदै आएको थियो । तर, त्यही राष्ट्रवादको नारा बेचेर प्रेम बानियाँ संयुक्त राज्य अमेरिका हानिएपछि उनको राष्ट्रवाद उदाङ्गिएको छ ।

सामाजिक सञ्जालमा प्रेम बानियाँले उठाएको कदम सकारात्मक भन्नेहरुको जमात पनि छ । अर्को तिर उनलाई खाक्रो राष्ट्रवादी मान्नेहरु त थिए नै । तर, एउटा सत्य हो की राष्ट्रवादको खोक्रो नाराले स्थापीत बनेका प्रेम बानियाँ गुजारा चलाउँनकै लागि अमेरिका जानु पर्ने अवस्था भने पक्कै छैन । किन भने काठमाडौंका सडकहरुमा मकै पोल्ने आमाहरुले आफू मात्रै होइन लालाबालाको जीन्दगी पालेका छन् । एउटा चर्चित टेलिभिजन पत्रकार अमेरिका भासिनुमा कतिपयले राष्ट्र, राजनेता वा देशलाई दोष दिँदै आएका छन् । तर, मान्छेको भविष्य उसको नीजि कारणहरुमा निर्भर हुन्छ भन्ने तथ्यलाई कसैले भुल्नु हुँदैन । ठीक यस्तै प्रेम बानियाँका केही केही नीजि कारणहरु छन् । जसले उनलाई यो देश देखि विरक्त लाग्यो ।
दलित युवाको टाउकोमा पिसाब
केही वर्ष अघि सिन्धुपाल्चोकमा पत्रकार महासंघको कार्यक्रम थियो । कार्यक्रममा प्रेस युनियन नेपालका नेता पोषण केसी पनि सहभागी थिए । त्यतिबेला सिन्धुपाल्चोक कुल्चोकै स्थानीय भएका कारण प्रेम बानियाँ पनि त्यहाँ पुगेका थिए । बेलुका पत्रकारहरुबीच ‘जाँड पार्टी’ चल्यो । प्रेमले पनि पिए । उनी पिएक्कड नै थिए । बेस्सरी पिए । विश्वकर्मा थरका एक पत्रकार थिए उनीसँगै । ती भाइ जस्ता मान्छे प्रेम बानियाँ भनेपछि नतमस्तक नै थिए । टेलिभिजनका चर्चित पत्रकार थिए प्रेम । अलि बढी नै पिएपछि प्रेमले आफ्नो घमण्ड देखाउन थाले । ती ‘भाइ पत्रकारमाथि उनले एक ‘किक’ हाँने । किक प्रहारबाट ती पत्रकार त्यहीँ ढले । तर, प्रेमको रिस मरेको थिएन । ‘त कामी होस्’ भन्दै उनले ती विश्वकर्माको टाउकोमा पिसाब फेरिदिएका थिए । उक्त घटनापछि ति पीडितले प्रहरीमा उजुरी समेत दिए तर, पोषण केसीकै सक्रियतामा उक्त घटना थामथुम पारिएको थियो ।
जुम्लामा एक महिलामाथि दुव्र्यबहार
टेलिभिजनका औँलामा गनीने पत्रकार बनिसकेका प्रेम बानियाँ केही वर्ष अघि जुम्ला पुगेका थिए । त्यतिबेला केही अन्य महिला पत्रकारको टोली पनि सँगै सहभागी थिए । त्यतिबेला एक महिला पत्रकारको संवेदनशिल अंगमा सुम्सुम्याएपछि ती महिलाले अन्य पत्रकारलाई सो कुरा बताएकी थिइन् । सो घटना एकाएक बाहिर आएपछि बानियाले ती पत्रकार महिलालाई धम्काएको समेत पत्रकारबीच चर्चा हुने गर्छ ।
गर्व तुहाएको कथा
राजधानीमै बस्थे प्रेम बानिया, नजिकै एक युवती । बानेश्वर आसपास बस्ने गरेकी ती युवती र प्रेमबीचको आकर्षण बढ्यो । प्रेमले प्रेम गरेको भान पारे । ती युवतीले प्रेमलाई सबै कुरा सुम्पिन तयार भइन । उनीहरुबीचकै यौन सम्बन्धबाट तीन महिनाको गर्भ रहन गयो । ती पीडित युवतीले प्रेमसँग विवाह गर्न चाहेकी थिइन् तर प्रेमले अस्विकार गरेपछि गर्भपतन गराइयो । उनीहरुबीचको सम्बन्ध पनि राम्रो भएन । ती युवतीको विहे भयो । केही महिनासम्म त राम्रै थियो तर, जतिबेला ती युवतीको श्रीमानले उक्त घटना थाहा पाए त्यसपछि उनीहरुबीच पनि सम्बन्ध विच्छेद भएको छ । ती युवती अहिले पत्रकारीता क्षेत्रमै सक्रिय रहेकी छिन् ।

अमेरिकी संस्थाको सद्भावना दूत भएर के काे राष्ट्रवादकाे गफ ?
पश्चिमा मुलुकहरुले आफ्नो जालो विस्तारको लागि नेपालमा एनजीओ खडा गरेका छन् । ती एनजीओहरु पश्चिमाहरुको स्वार्थमा केन्द्रीत रहेका छन् । ती मध्ये एक हो, ह्याबिट्याट फर हुम्यानीटि । अमेरिकाको मेरिल्यान्ड मुख्य कार्यालय रहेको उक्त आइएन्जीओको सद्भावना दूतको रुपमा प्रेम बानियाले नियुक्ती पाएका थिए । सोही संस्थाबाट उनले मासिक भत्ता समेत बुझ्दै आएका थिए ।
त्यसो त उनले टेलिभिजनबाट पनि मनग्य कमाउँथे । न्युज २४ टेलिभिजनमा मात्रै उनको तलब झन्डै आधा लाखको हाराहारिमा थियो । आम नेपालीको मासिक आम्दानी औषतमा ६ हजार मात्रै छ । उक्त संस्थाकै कार्यक्रममा चितवन गएको समयमा मदिरा सेवन गरेर प्रहरीको एसपीको फूलि तानेको घटना समेत गत वर्ष चर्चाको विषय बनेको थियो । स्वाभिमान र राष्ट्रियताको चर्को नारा लगाउने बानियाँ आफैले भने विदेशी दूतको जागिर खाएपछि एउटा वृतमा विरोध पनि भएको थियो ।
त्यसो त बानियाँकै नजिकका व्यक्तिका अनुसार उनले केही महिना अघि आफ्नै श्रीमति हरिदेवि रोकायलाई कुटपीट गरेका थिए । उनले श्रीमतिलाई कुटपीट गरेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । उनको टेलिभिजनमा अधिकांश समय देखिने व्यक्ति हुन् रमेश खड्का । टेलिभिजनका स्रोका अनुसार उनै खड्काले बानियाँलाई आर्थिक सहयोग गर्दै आएका थिए ।
राष्ट्रवादका जति सुकै चर्को नारा लगाएपनि प्रेम आफै भने विभिन्न उच्छृङ्खल गतिविधिहरुले जेलिएका थिए । जसले उनलाई राष्ट्रका लागि केही गर्ने भन्दा आफ्नै विगतहरुबाट उन्मुक्त हुन चाहान्थे । यसको विकल्प नेपालमा पनि थिए । थुप्रै मानिसहरु सुधारिएका छन् । सायद आफ्नै विगतका ‘काण्डहरु’को भयबाट उनी अमेरिका हानिए । तर, उनी भासिएको दोष भने आफ्नै देशतिर सोझिएको छ ।

  • दियो पोष्ट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: