×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जव काकाले भतिजी बिग्रिएको थाहा पाएर घरबाट निकालीदिए…!

‘म तँलाई अहिलेनै भेट्छु !’ मैले रुँदै फोन गरें ।
‘फेरि के भयो तँलाई ?’
‘के भयो पछी भन्छु ।  मलाइ भेट ।  अहिले नै ! नत्र तैंले मलाई देख्न पाउँदैनस् !’
‘ल त्यसो भए तँ महादेवस्थान  आइजो ! त्यहि चिया पसलमा !’
‘ल छिटो गर !’
‘ओई के भयो भन  त !’
‘मलाइ काकाले गाउँ नै गएर बस् भन्यो ! के गरौँ ? तँलाई छोडेर म कसरी जाउँ ?’
‘किन जाने रे गाउँ ?’
‘थाहा छैन ।  उसको चितवन सरुवा भयो रे !’
‘तँ एक्लै बस् न त !’
‘कसरी बस्नु ? कोठा भाडा महँगो छ ।  खानु पर्यो, पढ्नु पर्यो, कसरी सक्नु र ?’
‘यसो गर तँ साथीहरुसँग मिलेर बस् ! म छु नि, किन चिन्ता लिन्छेस् ? कोठा भाडा न हो अरु त ‘एडजस्ट भइहाल्छ नि !’
‘गाउँ गएर मम्मीसँग कुरा गर्छु ! भाइलाई पनि यतै ल्याउँछु !’
मैले टिलपिलाएका आँखाहरुबाट उसको साथरुपी  खुसी थोरै बगाउंदै भनें !
‘भाइलाइ नलेरा के अहिले ?’
‘किन नि ?’
‘डिस्टर्व हुन्छ क्या मोरी !’ उसले जिस्काएर भन्यो !
‘तँ मुजीलाई यस्तो बेला पनि जिस्किनु पर्छ है !’ म रिसाएर बोलें !
‘ ल ल अव धेरै नरो !’
‘रुंदीन ! तर एक दिन त्यसलाई रुवाएरै छोड्छु’
‘कसलाई ?’
‘त्यहि काका भनाउदोलाई ! बिहे गर्नुअघि मलाई आफ्नै छोरीझैं मान्थ्यो ! अहिले बिहे गरेपछि मलाई कुकुरलाइ नगरेको व्यवहार गर्दैछ ! हुँदाहुँदा मलाइ घरबाट निकाल्यो ! म पनि नहारेको बाउकी छोरी हुँ ! कहाँ छोड्थे र त्यसलाई !’
‘धेरै सपना नदेख ! उसको पनि केहि समस्या पर्यो होला !’
‘केहि समस्या परेको होइन ! बुढीसँग एक्लै बस्नु परेको होला स्याललाइ !’;
उसले फेरी जिस्काउँदै भन्यो, ‘डिस्टर्व गरिस् कि क्या हो ?’
‘उही जानोस् ! तर अव हामीलाई पनि सजिलो हुन्छ ! मैले तँसँग खुलेआम घुम्न पाउँछु ! तँसँग बस्न पाउँछु !
एकछिन तँसँग भेटौंला भन्दापनि त्यसको बाइकको हर्नले झकझाकाउँथ्यो ! अव म स्वन्तन्त्र हुनेछु !’
‘ल रमाइलो गरौंला, दुख सुख बाँचौंला नि !’
टेबलको अर्को साइडमा रहेको उसले आफ्नो हात मेरो हातमाथि राखीदियो ।  जीवनमा कसैको साथ पाएजस्तै लाग्यो ।  मामुलाई फेरी फोन गरें ! रोएँ, कराएँ ! मामुले गाउँ आइजो अनि कुरा गरौंला भन्नुभयो !
‘थिइन् त बस् उनै आमा ! यो संसारमा अरु को आफ्ना रहे र ?’ मनभरी पीडा बोकेर त्यहि काकाले काटिदिएको टिकट बोकेर गाउँ हिंडे !
बाटामा रुखहरुले गिज्याएजस्तो लाग्थ्यो ।  पातहरुले सुस्केरा हालेजस्तो लाग्थ्यो । गाउँ पुग्दै गर्दा बाटाका चियाका मुनाहरु रोइरहेको जस्तो लाग्थ्यो ! 
खै कसरी घर पुगें थाहा छैन !
घर नपुग्दै साथी मन्जुको फोन आयो ।  जोसँग मिलेर अव म बस्नु थियो ! मेरी सार्है मिल्ने साथी थिइ उ ! ‘अव तँ, म र अस्मिता बस्ने है !’ उसले जोसको स्वरले बोली ! मैले फगत ‘ हुन्छ’ भनिदिएँ !
ल धेरै चिन्ता नगर ! ‘तेरो र प्रमोदबारे सबै कुरा थाहा पाएपछि अंकलले तलाईं निकालीदिएको रहेछ ।  फोटोहरु ठेगानमा राख्नु ! कति न गाला जोडेर फोटो खिच्ने भाकी थिइस् नि ?’ उसले  केहि जिस्क्याउँदै, केहि रिसाउँदै सुनाइ !’ मैले काकाको चितवन सराइको नौटंकी बुझीहालें !’
‘के का गाला मात्रै जोड्नु ! सबै कुरा जोडेकै हो !’ त्यो मुलाले जे सुकै देखोस् ।  अव मलाई मतलव छैन ! मैले भनें । उसले थपी, ‘ ल ल अव एक्लै बसेपछि जे जे जोड्नु छ जोड्नु ! अहिले धेरै चिन्ता नलिनु !’
घर पुगें ! मामुलाई काकाले साथी मन्जुलाई बोलाएर तथानाम भनेको सुनाएँ । ‘
‘कता कता डर पनि लाग्यो । आमालाई ढाँटीरहेको छु । खुव विश्वास गर्छिन् आफ्नी छोरीलाइ मेरी मामु !’ तर पनि जवानी जो छ, आमालाई सम्झंदैन, सम्झन्छ त बस् पैसा चाहिएपछी, बोइबफ्रेन्ड अनलाइन नहुँदा !’
‘मामु ! म अव साथीहरुसँग बस्छु ! त्यो मेरो काका होइन, दुस्मन रहेछ ! मेरी साथी मन्जुलाई बोलाएर तथानाम भनेछ !’
‘त्यसले जे सुकै भनोस् ! चिन्ता नलिनु छोरी ! यसैपनि हाम्रो राम्रो कुनै भाइले पनि चाहादैनन् ।  मेरो बारेमा त तथानाम भन्ने नछोड्ने त्यसले तिमीलाई के नै बाँकी राख्यो होला र ? आमाले यसो भन्दा ज्यानमा ठूलो साहस आएको महसुस भयो ।
घरमा त्यहि सल्लाह भयो । अहिलेको पढाइ सकेर काठमाडौँ आउँछ, त्यो बेलासम्म साथीहरुसँग बस्ने !
मामुले सन्नुसबाट निकालेर १४००० पैसा दिनुभो !
‘फारु गरेर चलाउनु है ! केके चाहिन्छ किन्नु ! नपुगे भन्नु !’
‘हुन्छ मामु ! काठमाडौँमा त्यो मुलालाई देखाउनु छ, त्यसकि दाइकि छोरी कहिले पनि हार्दिन भनेर !’
आमा र भाइसँग विदा लिएर काठमाडौँ फर्किएँ ! 
एउटा नमज्जाको लत जो बसेको थियो, मान्छेको ! केहि दिन प्रमोदसँग विताउन नपाउँदा निकै गाह्रो भइसकेको थियो ! सुनील के गर्दै होला, त्यसलाई पनि नभेटेको धेरै भयो ? सन्तोषसँग पनि घुम्न जान पाएको छैन !
‘वाह ! अवत मलाइ कसैले रोक्दैन ! म आफ्नो जीवन जिउन आफैं सक्छु ! काम गर्छु, पालिंछु ! यसैपनि मलाइ पालिन गाह्रो छैन काठमाडौँमा !
काठमाडौँ आएर सबै कुराको व्यवस्था गरियो । त्यो काकाको अनुहार हेर्न मन थिएन । उ नभएको मौका पारेर सामान सारें ! कोठा तयार भएको दिन प्रमोदसँग राती बस्न गएँ ! सबैले जिस्काए । मलाइ कसैको मतलव थिएन ।
‘ अव त चिन्ता केहिको रहेन ! अव हामी स्वतन्त्र छौं ! उसको छातीमा जवानीले भरिएका भोका स्तनहरु अड्याउंदै  भनें, ‘ओई, बदमास बन्न मन लाग्यो !’
त्यो रात त्यस्तै वित्यो । अरु थुप्रै त्यस्ता रातहरुका स्वाद पाएँ । कहिले नगरकोट, कहिले गोदावरी, कहिले चोभार तलको गेष्ट हाउस त कहिले बालकुमारीको लज ! जवानीका मस्त दिनहरु बितिरहे ! आमाले फोन गर्थिन् ! छोरी खुसी छ भनेपछि खुब रमाउनुहुन्थ्यो !
तीनजना सँगै बस्ने भएपनि हामी तीन जनाकै भेट भने राती बिरलै हुन्थ्यो ! मन्जु र अस्मिता दुवै कसैको प्रेममा थिए !
‘आइताबारको दिन थियो । कलेज गएर फर्किंदै थिएँ ! फोनमा एसएमएसको घन्टी बज्यो !’
‘ मेरो इन्गेजमेन्ट हुने भयो ! सरी, तँ सँग बिहे गर्न परिवारले मानेन ! तँ त जैसी परिछस् ! हामी उपाध्याय बाहुन ! सरि यार, मलाइ नाम्रारो नसोच ! बाइ !’
छाँगाबाट खसेजस्तै भएँ ! हुन त उ पहिलो प्रेम थिएन, तर पनि थुप्रै सपनाहरु साँचेको थिए त्योसँग ! मैले उसलाई फोन गरें, उठाएन !, एसएमएसमा तथानाम भनें, केहि उत्तर फर्काएन !’
सुनीललाइ फोन गरें, ‘सुनील आज मलाइ घुम्न लैजाउ !’ यस्तै बोकहरुले धोका दिएको पहिलो अनुभव थिएन मेरो ! र त साइडमा सुनीललाइ आफ्नो बनाइसकेको थिएँ !
ओहो म त बाहिर छु त यार ! उसले जवाफ फर्कायो !
साला बोकाहरू ! सब खाते नै खाते छन् यो शहरमा ! 
भन्भनाउँदै म कोठा पुगें  !
खुब रोएँ त्यो रात !  साथीहरुले सम्झाए ! सायद धेरैपछी हामी तीन जनानै त्यहि कोठामा थियौं त्यो दिन !
भोलिपल्ट कलेज जान सकिन !
‘चिन्ता नलि ! त्यस्ता नाथे केटाहरु जति पनि पाइन्छ ! 
‘हिंड मेरो दाइको घर लैजान्छु आज !’
अस्मिताले दाइको घर लगी !’
त्यहि अभागी दिन थियो जुन दिन मैले इन्जिनियरिङ पढ्दै गरेको उही प्रतिकलाई पहिलोपटक भेटेको थिएँ… !’
‘उ बोलीरहंदा कफी सेलाईसकेको थियो ।’ एक सर्कोमै सिध्याएर भनी, ‘अहो आज त कफी पनि पो ग्याम्मे हानियो त !’ 
‘त्यो त रक्सी खाँदा भन्छन् होइन ?’ मेरो प्रश्न भुइँमा झर्न नपाउंदै उनले भनी, के के खाँदा हुन्छ, म केहि दिनमा देखाउंछु !’ हिहि ! म हाँसे मात्र केहि बोलिन !
एकासी उसको भाइको फोन आयो । ‘आज पनिर लिएर आइजो है !’ 
‘हुन्छ’
आज मेरो भाइ लाइ पनिर् खान मन लाग्यो रे ! उ हाँस्दै डेरीतिर लागि !
‘घरसम्म पुर्याईदिनुहोस् न !’ 
‘अहँ हुँदैन ! भाइले के सोच्ला ?’
‘भाइलाई पनिर खुवाएर फकाउँला नि !’ बेजोडले हाँस्दै उनले अगी बढ्ने इसारा गरिन् !
मलाइ उसलाई एक्लो हुन दिनु थिएन ! त्यहि भएर संगसंगै लागें !
घरनजीकको गल्ली आएपछि उसले भनी, ‘लु ! यहाँभन्दा अघि गएचाहिं भाइलाई यो पनिरले फकाउन सकिन्न नि ! मैले इसारा बुझें र घर फर्किएँ !
उसको त्यो काकालाई म चिन्थें ! मेरै सर्कलको मान्छे थियो ! लाग्यो, ‘एउटा काकाले जोवनसँग खेलेर केटि बिग्रेकी थिइ ! अर्का काकाले झन् बिग्रेकी  छोरीलाई बिगार्न आगोमा घिउ थपेछन् !’ फेरी अर्को मनले सोच्यो, ‘बिचरा ती काका ! के गरुन् त ! दाजुकी छोरी केहि गर्नु भएन ! भाउजु भनेको केहि पत्याउँदिनन् !’ उनका काका सम्झेर खुब माया लाग्यो ! कुनै दिन भेट भएको थियो उनको काकासंग ! कुरा पनि भएको थियो ! सोझो लाग्छ! 
ह्या !  होस् ! बस् यो केटिलाइ अहिले सन्चो होस् ! म यति चाहान्थें ! 
(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाजको एक अंश)

यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: