×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सञ्जालमा फेरि देखा परे ‘रोहन शर्मा’ !

PRIME CA

सामाजिक सञ्जालमा फेरि देखा परे ‘रोहन शर्मा’ !

२६ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । एकासी सामाजिक सञ्जालबाट हराएका रोहन शर्मा आज २६ गते पुन: देखा परेका छन् । फेसबुकमा कडा स्ट्याटस राख्दै पुन: उनले डीएक्टीभेट गरेको फेसबुक अकाउन्ट खोलेका छन् 


उनले लेखेका छन् :

नमस्ते म रोहन शर्मा!
सबैले बिजयादशमीको पूर्व शुभकामना दिन्छन्, तर म भने केहि फरक गरुँ भन्ने सोच भएको मान्छे अब अर्को बिजया दशामीको लागी आजै शुभकामना ! भएन त म फर्ष्ट ?

केहि समयको लागी सेयर बजारबाट बिश्राम लिएको अवस्था थियो मेरो । तर यो बिषयलाई धेरैले बजारबाट आफ्नो स्वार्थ पुरा गरेर पलायान भएको भन्ने हल्ला चलाएछन्, छोटो सोच हुनेहरुले ।

धेरैले त रोहन शर्मा हराएको खुशीमा खशी पनि काटेछन्, रक्सी पनि अलि बढीनै खाएछन्, तर यि सब कुराले म साकाहारी र सात्विक भोजन प्रेमी लाई भने घाटा हुने पक्कै हैन ।

यो अन्तराल बिच बजारप्रती मेरो योगदानको सम्झाना गर्ने मित्रहरु Pusparaj Sharma Shukra Raj Dangol Santosh Baba Bajgain Sanjay Mhrzn Suraj Pyakurel Hom Nath Chalise Chandra Prasad र चल्तीकै मिडियाहरु Share Bazaar अर्थसरोकार डटकम प्रती आभारी छु, मेरो बारेमा निरन्तर चर्चा गर्नुभएकोमा।
धेरै मित्रहरुसँग म [email protected] मार्फत सम्पर्कमै थिए ।

अझैपनि भन्छु म सप्रमाण बोल्ने मान्छे हुँ। कोही मैले बोलेको कुरासँग प्रतिवाद गर्न अगाडी आउँछ भने उसँग म कुनै पनि प्रकारको युद्ध लड्न तयार छुँ। बाकिं कुरा आगामी दिनले बताउला ।

अझै केहि दिन म ब्याक्तिगत रुपमा च्याट मार्फत कुरा गर्न असमर्थ छुँ । ५००० साथी जो कमाएको छुँ! सबैलाई समान ब्यवाहार त हुनै पर्‍यो नि ।
हामी आफ्नो मिसनमै छौं र सफल हुनेनै छौं।
जय सेयर बजार, जय साना लगानीकर्ता, जय नेपाल!

यो पनि पढ्नुहोस् :
कता हराए शेयर बजारका रोहन शर्मा ?
टिप्पणी :शेयर बजारमा रोहन शर्मा, विचारनै उनको परिचय…!

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: