×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाहरुख खानका ‘साइड बिजनेस’ कस्ता ? कति छ सम्पत्ती ?


एजेन्सी – बलिउड अभिनेता शाहरुख खानलाई यत्तिकै बादशाह भनिएको होइन, अभिनयसँगै सम्पत्तीको विषयमा पनि साँच्चिकै शाहरुखको जिन्दगी कुनै बादशाहभन्दा कम छैन । शाहरुख खान संसारभरको धनी अभिनेताको सूचीमा समावेश छन् ।
शाहरुख खानलाई ठूला बिजनेसम्यान पनि भनिन्छ । अभिनयमा आफ्नो एकलौटी राज्य खडा गर्नुका साथै उनको थुप्रै साइड बिजनेस पनि छन् । उनी रेड चिली इन्टरटेन्मेन्टका मालिक हुन् जस अन्र्तगत कयौं फिल्महरु बनेका छन् ।
यसका साथै उनी मुम्बईमा अवस्थित चिल्ड्रेन इन्टरटेन्मेन्ट पार्क किड्जेनियाका मालिक हुन् ।
यति मात्र कहाँ हो र शाहरुख खान थुप्रै स्टेज र इन्डोर्समेन्टमा पनि करोडौं कमाउँछन् ।
शाहरुख क्रिकेटमा पनि निकै शौखिन छन् । कोलकाता नाइट राइडर्स नामको उनको आइपीएल टीम पनि छ ।
उनले सम्पत्तीमा पनि निकै लगानी गरेका छन् । शाहरुख संसारभरीका निकै आलिशान बंगलाका मालिक हुन् । मुम्बईमा मन्नतका साथै दुबईको पाम जुमेराहमा शाहरुखको विला के–९३ १४ हजार स्क्वायर फिटमा फैलिएको छ ।
साथै, शाहरुखले लण्डनको सेन्ट्रल एरियामा एउटा महँगो अपार्टमेन्ट लिएका छन् जसको मूल्य १९५ करोड भारतीय रुपैयाँ बताइएको छ, यो अपार्टमेन्ट उनको छोरा आर्यनको लागि हो ।
शाहरुख खान करिब चार हजार करोड भारतीय रुपैयाँका मालिक हुन् । उनी भारतका सबैभन्दा धनी नायक मानिन्छन् ।
शाहरुखलाई गाडीको पनि निकै शोख छ । उनीसँग अडी सिक्स , अडी ए सिक्स, बीएमडब्लू सिक्स सिरिज, ल्याण्ड क्रुजरजस्ता महँगा गाडी छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: