×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली राष्ट्रियतामाथि सिप्रदीले बोल्यो धावा ! नेपाल भारतको प्रदेश भन्दै सामान ओसारपसार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपालकै एक कम्पनी सिप्रदी प्रालिले नेपाली राष्ट्रियतामाथि धावा बोलेको छ । सिप्रदीले ओसारपसार गर्ने समानको जानकारीमा नेपाल भारतको प्रदेश भएको र काठमाडौँ शहर समेत भारतमै पर्ने उल्लेख गरेको छ । हालसालै सार्वजनिक भएको एक सामानको तस्विरमा सिप्रदीको प्याक गरेको लोगो स्पष्ट देखिन्छ भने उक्त सामानमा देश नेपाल, शहर काठमाडौँ भन्ने उल्लेख गरिएको छ ।

के हो सिप्रदी ? 
सिप्रदी अटोमोबाइल सम्बन्धी काम गर्ने नेपालमा दर्ता भएको कम्पनी हो । उसले आफ्नो कम्पनी प्रोफाइलमा समेत सिप्रदी नेपालको ब्रान्डेड कम्पनी भएको उल्लेख गरेको छ । आफ्नो कम्पनी प्रोफाइलमा सिप्रदीले लेखेको छ :
के भन्छ सिप्रदी ?
यसबारे कुरा गर्न हामीले सिप्रदीमा सम्पर्क गरेका थियौं । तर हामीले यसबारे कुराकानी गर्ने बित्तिकै फोन उठाउने कर्मचारीले यसबारे आफुलाई थाहा नभएको र कुरा गर्ने सर बाहिर हुनुभएकाले केहि समयपछी सम्पर्क गर्नु भन्ने जानकारी दिइन्  ।  त्यसपछि हामीले गरेको सम्पर्क प्रयास सफल हुन सकेन  ।
 
सामाजिक सञ्जालमा तीब्र विरोध :
यो घटनाको सामाजिक सञ्जालमा समेत तीब्र विरोध भएको छ  । युवाहरुको समूह मेन्स रुम रिलोडेड (MRR) जस्ता समूहहरुमा यो विषयको चर्को विरोध भएको छ । यसरी राष्ट्रियतामाथि धावा बोल्नेहरुलाई कारवाही नभएसम्म यसको विरोध गर्नुपर्ने आवाज समेत सामाजिक सञ्जालमा उठीरहेको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: