×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकमा १४ जनाको लागि रोजगारीको अवसर

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – राष्ट्रिय वाणिज्य बैंकले सातौ देखि १० औ तहको विभिन्न पदमा १४ जनशक्ति माग गरेको छ । बैंकको मानव संसाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै  मुख्य प्रबन्धक, वरिष्ठ प्रबन्धक र उपप्रबन्धक पदको लागि आवदन माग गरेको हो  ।

बैंकले दशौं तहको प्रशासन समूहका लागि एकजना मुख्य प्रबन्धक माग गरेको छ । मुख्य प्रबन्धकको लागि आवेदन दिन अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थामा अधिकृतको रुपमा १० वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।

त्यस्तै बैंकले नवौं तहको प्रशासन समूहको लागि २ जना वरिष्ठ प्रबन्धक माग गरेको छ । वरिष्ठ प्रबन्धक पदमा आवेदन दिन अर्थशास्त्र वा व्यवस्थापन बिषयमा प्रथम श्रेणीमा उत्तीर्ण भई ८ वर्ष बैंक तथा बित्तीइ संस्थामा अधिकृतको रुपमा कार्यरत हुनु पर्ने छ  ।

  आठौं तहका ३ प्रबन्धक माग भएको छ । प्रबन्धक पदका लागि अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा स्नातकोत्तर गरी बैंक तथा बित्तीय संस्थामा अधिकृत तहमा ६ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ।

त्यस्तै सूचना प्रविधि  प्रबन्धकको लागि कम्प्युटर, कम्प्युटर विज्ञान, कम्युनिकेसन वा सूचना प्रविधि बिषयमा स्नातकोत्तर  गरी बैकिंग सफ्टवेयरमा ८ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।

त्यस्तै बैंकले प्रशासन समूहका लागि ६ र लेखाका लागि १ गरी ७ उपप्रबन्धका लागि पनि विज्ञापन खुलाएको छ । उपप्रबन्धकको पदमा अर्थशास्त्र वा व्यवस्थापनमा प्रथम श्रेणीमा उत्तीर्ण गरी बैंक तथा बित्तीय संस्थामा अधिकृत तहमा ५ वर्ष काम गरेको हुनु पर्ने छ । लेखा समूहको उपप्रबन्धक पदमा भने चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेकोले आवेदन दिन सक्ने छन्।

आवेदन मङ्सिर ८ सम्म र डबल दस्तुर तिरी थप एक हप्तासम्म दिन सकिने छ ।

हेर्नुस विस्तृत विवरण ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: