×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरीको सिङ्गै डाँडाको भाडा मासिक मात्र १५००० ! कसको स्वार्थमा देशमाथि यो हदसम्मको लुट ? (फलोअप नम्बर ७)

तस्विर : चन्द्रागिरी हिल्स डटकम 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा अहिलेको महँगी सबैलाई थाहा छ । सामान्य एउटा फ्ल्याटको समेत १५ हजारदेखि २० हजार रुपैयाँ पर्छ । तर चन्द्रागिरीको हकमा भने देशले सिङ्गै डाँडाको मात्र महिनाको १५००० पाउने गरेको छ । यसअघि अर्थ सरोकार डटकमले चन्द्रागिरीले भ्याट छलेको र कालोबजारी गरेको खबर ब्रेक गरिसकेको छ । आजको यो अंकमा हामीले चन्द्रागिरी हिल्स लिमिटेडले जनतालाई के दियो र के लिइरहेको छ भन्ने विषयलाई उठाउँदैछौं ।
पूरै डाँडाको भाडा महिनाको १५००० !:
चन्द्रागिरी हिल्स लिमिटेड नामक कम्पनीले चन्द्रागिरीको ७ सय २० रोपनी जग्गा भाडामा लिएको छ । जसको भाडा जम्मा वार्षिक रु १ लाख ८० हजार रुपैयाँ छ । देशको एउटा सिङ्गै डाँडा बिनास गरेर एउटा कम्पनीको स्वार्थ्यपूर्तिका लागि कसको स्वार्थ्यमा एउटा कम्पनीलाई राज्यले यत्रो जग्गा मात्र मासिक १५००० मा दियो भन्ने महत्वपूर्ण प्रश्न तेर्सिएको छ । स्रोतका अनुसार यहि काम फत्ते गर्नका लागि चंद्रागीरिले मोटो रकम घुस समेत खुवाएको थियो । आखिर पर्दा पछाडी को को छन् ? के पूरै डाँडाको भाडा मात्र १५००० नै हो त ? काठमाडौँमा १५००० मा कति जग्गा भाडामा पाइन्छ ? हिसाब कसले गरेको छ ? 
देशका लागि के के योगदान दियो त चन्द्रागिरी हिल्स लिमिटेडले ?
चन्द्रागिरी हिल्स लिमिटेड देशमा पर्यटकीय गन्तब्य बनाएर आफ्नो कम्पनीले ठूलो योगदान दिएको दावी गर्छ । तर के गन्तब्य बनाएर आफ्नै देशका जनतालाई लुट्नु नै विकास हो ? आफ्ना देशका सोझा साझा जनतालाई ५६० रुपैयाको भात खुवाउनु योगदान हो ? पूरै डाँडालाई विनास गरेर महिनाको १५००० तिरेर देश लुट्नु नै देशमाथिको योगदान हो त ? खासमा चन्द्रागिरि हिल्सलाई के के शर्तको आधारमा त्यहाँ व्यवसायको अनुमति दिइएको हो ? यसका बारेमा जनतालाई खबर दिनु आवश्यक छैन र ? 

समुदायका लागि चन्द्रागिरी हिल्स लिमिटेडको योगदान के ?
चन्द्रागिरी हिल्स लिमिटेडले डाँडामा विभिन्न मठ मन्दिरहरुपनि बनाइरहेको छ जसलाई ४० बर्षसम्म उसैले भोग गर्नेछ । खासमा मठ मन्दिरको संरक्षण, प्रवर्धन, उपभोगमा समुदायको हक हुन्छ । यी सम्पदाका बाट मिल्न सक्ने कुनै पनि किसिमका लाभ पनि समुदायको हुनुपर्ने हो । यसो त चन्द्रागिरी डांडामा रहेको भालेश्वरको मन्दिरपनि समुदायकै सम्पत्ति हो । तर कुनै पनि निजि कम्पनीलाई सर्वश्व सुम्मेर देशले कसको स्वार्थ्यमा यस्तो गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस कम्पनीले  स्थानीय समुदायलाई दिने लाभ के हो ? सरकारसँगको सम्झौताका सर्तहरु के के हुन् ? यसबारे चन्द्रागिरीले बेलैमा जनतालाई बुझाउन जरुरी छ ।
चन्द्रागीरि हिल्सबारे यी समाचार छुटे कि ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: