×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्यादेवी भण्डारीज्यू, तपाईं हाम्रो राष्ट्रपति कि भ्रष्ट कम्पनीको मोडल ?

तस्विर : चन्द्रागिरी हिल्स लिमिटेडको फेसबुकबाट 

आदरणीय राष्ट्रपति विद्यादेवी भन्डारीज्यू, नमस्कार !

आज देशमा महिला राष्ट्रपति हुनुहुन्छ । यो गर्वको विषय हो । तर तपाईंले गर्नुभएको पछिल्लो कदमलाई धेरै जनताले राष्ट्रधाती देख्न सक्छन् । किनकि तपाईंले जानेर होस् वा नजानेर ठिक गर्नुभएको छ जस्तो लागेको छैन धेरैलाई, मलाइ पनि । जनतालाई ठगीरहेको एउटा कम्पनीको निजी स्वार्थका लागि तपाईं प्रयोग भएको देखेर सार्है दुख लागेको छ । 
चन्द्रागिरी हिल्स लिमिटेड । जनतालाई ठगीरहेको एउटा कम्पनी । प्रतिव्यक्ति आय न्यून भएका नेपाली जनतालाई ५६० रुपैयाँको भात खुवाएर ब्रह्मलुट गरिरहेको कम्पनी ! भ्याट बिजक पाउने जनताको अधिकारमाथि धावा बोलेर देशको नियम नमान्ने र उल्टै आफुले जे गरेपनि हुन्छ भन्ने शैलीमा मनपरी गर्ने कम्पनी ।  तर त्यहि कम्पनीले नेपालकी राष्ट्रपतिलाई मोडल बनाएर चन्द्रागिरी घुमाइरहेको छ । र त्यहि तस्विरलाई सामाजिक सञ्जालमा विज्ञापन गरेर जनतालाइ अझ लुटिन चन्द्रागिरीसम्म निम्तो दिइरहेको छ । 
कम्पनीका अध्यक्ष चन्द्र ढकालले राष्ट्रपति विद्या भण्डारी र उनका आफन्तहरुलाई कात्तिक २६ गते चन्द्रागिरी केबल कार चढाएर व्यापार प्रवद्र्धन त गरेका छन् नै । राष्ट्रपतिले भ्रष्ट कम्पनीको प्रशंसा गरेर जनतामाथि अर्को अन्याय गरेकी छिन् । के मेरो देशको राष्ट्रपतिले जनतालाई लुट्न पल्केको कम्पनीको व्यापार प्रवर्दन गर्न मिल्छ  ? के मेरो देशको राष्ट्रपतिले सोझा साझा जनतालाई ५६० रुपैयाँको भात खुवाएर कालोबजारी गरिरहेको कम्पनीलाई पोस्न मिल्छ ? के मेरो देशकी राष्ट्रपतिले देशको कानुनको विल्ला उडाएर मनपरी गर्ने कम्पनीले बोलायो भन्दैमा कुरै नबुझी त्यहाँ गएर जनताको आँखामा छारो हाल्न मिल्छ ?
चन्द्रागिरी हिल्स लिमिटेड राष्ट्रपतिको त्यहि तस्विर बेचेर जनतालाई अझै लुट्ने दाउमा रहेको कुरा सबैलाई थाहा छ । राष्ट्रपति पनि पुगेको देखाएर कम्पनीले सामाजिक सञ्जालमा राष्ट्रपतिले चन्द्रागिरी घुमेको तस्विरलाई विज्ञापन गरिरहेको छ बहने आफु निकटका मिडियाहरुलाई यहि विषयलाइ मसला बनाएर जनता झुक्काउन लगाईरहेको छ । के राष्ट्रपतिले यो कुरा बुझ्नु पर्दैन ?
चन्द्रागिरीले राष्ट्रपतिपनि पुगेको भन्दै सामाजिक सञ्जालमा गरेको विज्ञापन 
अझैसम्म चन्द्रागिरी केबलकारले व्यापारिक अनुमति लिएकै छैन । के अनुमति नै नलिइ मनलाग्दी गर्ने र नियमपूर्वक लाइसेन्स नलिएको, परीक्षणमा व्यापार गरिरहेको केबलकारमा देशको राष्ट्रपति चढ्नुहुन्छ  ?  आम नागरिकले के बुझ्ने ? 
परिक्षणकालका नाममा चन्द्रागिरी करोडौं रुपैयाँ उठाएर कर छली गरिरहेको छ । परिक्षण कालमा कर तिर्नु नपर्ने नियामलाई टेकेर चन्द्रागिरीले लुट मच्चाईरहेको छ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालको राजनीतिक आस्थाका भरमा गरिएको निम्तोमा मेरो देशकी राष्ट्रपति जान मिल्छ ? के अझैपनि देशको राष्ट्रपतिभन्दा पहिला विद्यादेवी भण्डारी एमाले हो ? कसले दिन्छ यसको उत्तर ? 
जनताले बुझेका छन्, चन्द्रागिरीको जनता लुट्ने यो अर्को काइदा हो । देशका राष्ट्रपतिलाई मोडल बनाएर उसले गरेको ठगीधन्दा हो । नत्र के राष्ट्रपतिको तस्विर बेचेर एउटा जनता लुटिरहेको कम्पनीले यस्तो ठगीधन्दा चलाउन मिल्छ ? 
देशको एउटा नागरिक
सुरज प्याकुरेल 

चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?

    `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
    Hamro Parto AD
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: