×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आईएमइबाट पैसा पठाउनुहुन्छ ? होसियार यसरी बीचमै पैसा गायब हुन सक्छ ! (फलोअप नम्बर २)

  • अर्थ सरोकार सम्बाददाता 
आफुलाई नेपालको नम्बर वान रेमिट्यान्स कम्पनी भनेर दावी गर्ने तर भित्रभित्रै हुण्डीको कारोबार गरेर देश र जनतालाई लुट्न पल्केको आइएमइको कालो धन्दाबारे अर्थ सरोकार डटकमले समाचार सार्वजनिक गरेपछि आइएमइका अरु कर्तुतहरु पनि सार्वजनिक हुन थालेका छन् । आइएमइको कालो कर्तुतबारे अर्थ सरोकार डटकमले बिहिबार समाचार सार्वजनिक गरेपछि आइएमई पीडित जनताले आइएमइका अन्य कर्तुतबारे समेत अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।

यस्तोसम्म हुँदोरहेछ आइएमईमा :
घटना केहि महिना अघि खोटाङको हो । जिल्लाको बड्कादियाले–१ का नरेश राईले ललितपुर एकान्तकुना बस्ने आफ्नो काका नकुल राईलाई आइएमई मार्फत पठाएको रकम आइएमईको लापरबाहीले बेपत्ता भएको थियो । गत जेठ ११ गते दिक्तेलस्थित हाम्रो खोटाङ कम्पनीबाट पठाएको एक लाख ५० हजार रुपैया अर्कैले झिकेपछि राई ठगिएका थिए । राईलाई पठाएको रकम मकवानपुर फापरबारी–७ का सरोज तिमल्सीनाले निकालेको प्रहरीको प्रारम्भिक रिपोर्टले जनाएको थियो । तिमिल्सीनाले ३६–०१–७१–०१५१७ नम्बर भएको नागरिकताबाट रकम निकालेका थिए । पिडितका अनुसार आफ्नो नम्बरको सट्टा आइएमइका कर्मचारीले अर्कैको नम्बरमा पैसा पठाएका थिए । 
‘यो त ठूलो रकम भएर खोजीनिती गरिएको बिषय हो । सानोतिनो रकम पठाउँदा यसरी जनताको पैसा थुप्रै पटक बीचमै हराएको छ ।’ स्रोत अगाडी भन्छ, ‘कहिले बीचमै पैसा हराउने, कहिले कममात्र पैसा पुग्ने, कहिले अरुकोमा पैसा पुग्ने, उजुरी गरेमात्र गल्ती भएको भन्दै फिर्ता गर्ने’ लगायतका काम आइएमइबाट हुन्छ । त्यसैले पनि जनताले आइएमइको विकल्प खोज्न थालेका छन् ।’

पैसा हरायो तर जिम्मेवारी लिंदैन आइएमई 
यसरी पैसा हराएपछि पनि पैसा फिर्ता गर्ने प्रक्रिया अगाडी बढेको र केहि समय लाग्ने भन्दै पूर्ण रुपमा जिम्मेवारी लिन भने त्यतिबेला आइएमइले मानेको थिएन । आइएमइबाट सहज रुपमा पैसा पाउन सकिन्छ भन्ने सोचेका राइले पैसा हराएर तनाव त खेप्नु पर्यो नै, आइएमइकै कर्मचारीले गरेको गल्तीका कारण थुप्रै पटक प्रहरीलाई गुहार्नु पनि पर्यो । स्रोत अगाडी भन्छ, ‘यसरी पैसा हराएर फिर्ता नपाएका उदाहरणपनि देशभर थुप्रै छन् । 
देशभरका तथ्यांक हेर्नेहो भने यसरी आइएमइबाट ठगीने धेरै छन् । आफ्ना कर्मचारीले गल्ती गरेपछि कम्पनीले जिम्मेवारी लिनुपर्ने हो । तर आइएमइले यसको जिम्मेवारी लिएन । आफुलाई नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी भन्ने अनि आफुमार्फतनै गएको पैसाको जिम्मा नलिने आइएमइको यो हदसम्मको बदमासीलाइ अझैसम्म पनि कसैले कारवाही गर्न सकेको छैन ।

आइएमईबाट पैसा पठाउँदा ठगिएपनि आइएमई गर्दैन कुनै मतलव 
आफ्नो कम्पनीका कर्मचारीले गरेको गल्तीका कारण तनावमा परेका आफ्ना ग्राहकहरुलाई त्यतिबेला आइएमले दिने सानो सान्त्वना पनि ठूलो हुन्छ । तर यस बिषयमा प्रक्रिया अगाडी बढेको भन्दै आइएमइ ग्राहकसमक्ष केहि नबोलेर पैसा हराएको तनावमा परेका ग्राहकलाई अझै तनाव दिने काम गर्ने गरेको छ । ‘ पैसा हराएपछी कतिको घरमा रुवाबासी चल्छ, कतिलाई अत्याधिक तनाव हुन्छ । तर पनि प्रहरीले खोजिहाल्छ नि भन्दै आइएमनि पन्छिने गरेको छ । आइएमइले गरेको यहि लापरवाहीले समेत हुण्डीलाई झन् प्रशय दिएको छ । एकातर्फ विदेशबाट आफैंले हुण्डी गर्ने आइएमइ अर्कोतर्फ आफ्नै नेपाली दाजुभाईलाइ पनि तनाव दिएर गैरजिम्मेवारपूर्ण काम गरिरहेको छ । यस्ता घटनाहरु बाहिरिएपछी विशेषगरी खोटाङका जनताहरु भन्न थालेका छन्, ‘दुख गरेर कमाएको पैसा रिस्क लिएर पठाउनु भनेको नै आइएमइ गर्नु हो ।’



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: