×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तस्करसँग प्रहरीकै साँठगाँठ ! यसरी हुन्छ इलाममा लाखौँको सुपारी तस्करी !

  • इलाम एक्सप्रेस 

इलाम – पूर्वी इलामको सिमावर्ती नाका पशुपतिनगर ४ हिले नाकावाट गएको शुक्रवार राती लाखौं रुपैया“ वरावरको सुपारी भारत तर्फ अवैध तरिकावाट निकासी भएको छ । समाचार स्रोतका अनुसार राती ९ : ३० बजे सीमावर्ती हिलेवाट दुईसय ७० बोरा अवैध सुपारी निकासी भएको हो । भारतीय नम्वर प्लेटका दुईवटा ट्रक र एउटा पिकअप मार्फत लोड गरेर भारततर्फ लगिएको हो ।
प्रहरीसँग झापाका सुपारी तस्करहरुको साँठगांठमा अवैध ढंगवाट झापा हुँदै मेची राजमार्ग भएर बौद्धधामवाट सिधै हिलो ल्याउने गरेको स्रोतले वताएको छ । सो नाकावाट शुक्रवार झापाका विभिन्न स्थाहरुवाट अवैध ढंगवाट तस्करहरुले संकलन गरी मेची राजमार्ग हु“दै पशुपतिनगर जाने सडकको बौद्धधाम स्कुल माथिसम्म ट्रक मार्फत ल्याई त्यहा“वाट ग १ ज ४९८२ नम्बरको पिकअप गाडीवाट ओसारी हिले पुर्याएर डब्लु बी ७३, ४८४८, डब्लु बी ७३, ११० का ट्रक र डब्लु बी ७३, ५५०१ को पिकअप भ्यानमा लोड गरी भारततर्फ लगेको स्रोतले वताएको छ । 
कांकरभिट्टा नाकाबाट सुपारी निकासीमा प्रतिवन्ध लगाएपछि पशुपतिनगर नाका तस्करीकालागि सुरक्षित बनेको हो । पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज महेश खनालको प्रत्यक्ष संलग्नतामा झापाका सुपारी तस्करहरुले सो नाका प्रयोग गर्दै आएका छन् । 
प्रहरीकै संलग्नतामा यसअघि पनि पटक÷पटक अवैध मालसामान निर्यात हुने गरेको स्थानीयले वताउदै आएका छन् । संचार मध्यममा अवैध निकासीको समाचार प्रकाशन भएपछि कमि आएको अवैध धन्दा पुनः सुरु भएको हो । निरिक्षक खनालले खुलेआम तस्करहरुस“ग आफू यहाँ रहुन्जेल यस नाकाबाट जे लानु÷ल्याउनु छ गरिहाल्नु आफनो माथि सम्मको सेटिङ भएकाले कसैको डर मान्नु पर्दैन भन्ने गरेको स्रोत वताउछ ।
उक्त क्षेत्रबाट अवैध काम भइरहँदा विभिन्न संचार माध्यमहरुले प्रमाणसहित समाचार प्रकाशन÷प्रशारण गरेको विषयहरुलाई सम्वन्धित निकायहरुले समेत ध्यान नदिनुले तस्करीलाई नियन्त्रण गर्ने निकायनै संलग्न रहेको आशंका छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: