×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मारुती सिमेन्टले यसरी गर्छ भ्याटछली, कर्मचारीनै भन्छन्, ‘सबैतिर सेटिङ छ कसले छुने ?’

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – देशको बिजुली चोरेर आफु मोटाउने अनि ‘हामी बनाउँदैछौं नेपाललाई’ भन्ने खोक्रो नारा बोकेर जनतालाई झुक्याईरहेको मारुती सिमेन्टका अरु कर्तुतहरुको पनि खुलासा हुँदै गएको छ । यसअघि विद्युत चोरको लिष्टमा सबैभन्दा अगाडी देखिएको मारुती सिमेन्टले बिजुली चोरेर देशलाई ठगीरहेको त प्रमाणितनै भएको छ, त्यसभन्दा अरु मारुती सिमेन्टले विभिन्न तरिकाले भ्याट छल्ने गरेको तथ्यको पनि खुलासा भएको छ । 
मारुती सिमेन्टले बिजुली चोरी गरेर बाहेक सिमेन्ट विक्री गर्दा नक्कली भ्याट बिल दिने, भ्याट छली गर्ने, कर छली गर्ने, भ्याट बिल भनेर प्रोफोमा इन्भोइस थमाउने र विभिन्न ठेकेदार कम्पनीहरुलाई बिलनै बेच्ने गरेको स्रोतको दावी छ ।
  
भ्याट बिल भन्दै प्रोफोमा इन्भोइस भिडाईन्छ, कारोबार लुकाएर करोडौंको करछली पनि :
भ्याट छल्नुलाइ अपराधकै रुपमा लिने गरिन्छ । तर राजनीतिक आडका भरमा मारुती सिमेन्टको मनलाग्दी भने कम भएको छैन ।  स्रोतका अनुसार मारुती सिमेन्टले बिगत लामो समयदेखि भ्याट बिलका नाममा जनतालाई झुक्काएर प्रोफोमा इन्भोइस दिने गरेको छ । यसरी भ्याट बिल नदिंदा हुने फाइदालाइ कम्पनी र डिलरको मिलेमतोमा खाने काम हुने गरेको छ । मारुती सिमेन्टको बार्षिक कारोबार र विक्री भएको सिमेन्टका बारेमा छानविन गर्ने हो भने अरवौंको भिन्नता देखिन्छ । तर नेतालाई पैसा खुवाएर होस् वा सम्बन्धित निकायमा सेटिङ मिलाएर होस्, कम्पनीले भ्याट छल्दै आएको छ । नक्कली भ्याट बिल बारे औनेकौं बहस हुन थालेपछि भने मारुती सिमेन्टले नक्कली भ्याट बिल दिंदा आफ्ना ग्राहक कति सोझा कति बाठा छन् भनेर हेर्ने त गरेको छ नै ।  तर यो बीचमा उसले थुप्रै भ्याट घोटाला गरिसकेको छ । 
मारुतीकै कर्मचारी भन्छन्, ‘सबैतिर सेटिङ छ, केहि कार्वाही हुनेवाला छैन’
यता मारुती सिमेन्टकै कर्मचारीहरुले समेत उद्योगको सबैतिर सेटिङ हुने गरेकाले कसैले पनि कार्वाही गर्न नसक्ने दावी गरेका छन्।  आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मारुती सिमेन्टकै एक कर्मचारी भन्छन्, ‘सिमेन्ट उद्योग प्रायमा कर छली हुन्छ नै ।  कमाउनेनै त्यसरी हो । तर सबैतिर सेटिङ हुन्छ । अरु कराएर केहि काम छैन । ‘ उनी अगाडी भन्छन्, ‘तपाईंहरुले बिगतमा पनि बिजुली चोरीको समाचार लेखेकै हो त ! खै के भयो ? मिल्ने ठाउँमा कुरा मिलिसक्यो । यो करछलीको प्रकरण निकालेर पनि केहि हुनेवाला छैन । सम्बन्धित निकायले छापा मार्ने हो भने यहाँ कोहि बच्ने वाला छैन । तर कसैले केहि गर्नेवाला पनि छैन ।  आन्तरिक राजश्व विभागमा उजुरी परेकै हो।  तर खै के भयो त ?’


मारुती सिमेन्टको कर्तुतबारे लेखिएको पहिलो समाचार यस्तो थियो :
EXCLUSIVE :मारुती सिमेन्ट उद्योग ‘बिजुली चोर’को लिष्टमा  सबैभन्दा अगाडी ! कार्वाही गर्न सक्लान् त कुलमानले ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाललाई लोडसेडिङ मुक्त बनाउने भन्दै कुलमानसिङ लागि परेका छन् । उनलाई जनताको ठूलो साथ पनि छ । तर शक्तिकेन्द्रको आडमा केहि उद्योगी र व्यवसायीहरु भने देशको बिजुली चोरेर गैरकानुनी रुपमा आफ्नो व्यवसाय गर्दै आफु मोटाउने र देश डुबाउने अभियानमा लागेका छन् । अझ पछिल्लो समय त अन्धकारलाई बेचेर करोडौं कमाउनेहरुको पर्दाफास भइरहेका बेला ‘हामी बनाउँदैछौं नेपाललाई’ भन्ने नारा लिएर अगाडी बढेको मारुती सिमेन्ट उद्योग नै ‘बिजुली चोर’ को लिष्टमा परेको छ ।

यी हुन् बिजुली चोरहरु, मारुती सिमेन्ट उद्योग अगाडी !

देशको बिजुली चोरेर रातारात मोटाउने सपना देख्ने मारुती सिमेन्ट उद्योगका मालिकहरु मात्र होइनन्, श्री बाबा जुट मिल्स, रघुपति जुट मिल्स, कमला रोलिङ मिल्स, शिवम् प्लाष्टिक इण्डष्ट्रिज, हुलास वायर इण्डष्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, पशुपति सिमप्याक, मैनावती स्टील इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईबर्स, अरिहन्त पोलिप्याक, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट उद्योग,लगायत रहेको छ । तर यिनीहरुमध्ये कसैले पनि देश बनाउने खोक्रो आश्वासन दिएका छैनन् । तर मारुती सिमेन्ट उद्योग बिजुली चोरेर आफु धनी हुने र जनतालाई अन्धकारमा राखेर देश बनाउने खोक्रो आश्वासन बाँडीरहेको छ ।   
को हुन् चोर कम्पनीका मालिकहरु ?
मारुती सिमेन्ट उद्योगको लगानीकर्ता नन्द किशोर राठी हुन् । उनी मारुती सिमेन्ट उद्योगले बिजुली चोरेरै चलाउनुपर्छ भन्ने पक्षमा बिगत लामो समयदेखि लागि परेको उनी निकट स्रोतले बताएको छ । कुलमान सिङ आएपछि उनको पनि पर्दाफास भएको हो । अर्काे बिजुली चोरी गरेर कम्पनी सञ्चालन गरेको बाबा जुटमिलका प्रमुख प्रकाश मुन्दडा हुन् उनी मोरङ व्यापार संघका महासचिव समेत रहिसकेका व्यक्ति हुन् । अर्काे विद्युत चोर कम्पनी हो शिवम् प्लास्टिक उद्योग । जुन उद्योगमा लगानीकर्ता बासु गोल्यान हुन् ।

शक्तिकेन्द्रको आडमा चोरी:
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार मारुती सिमेन्ट उद्योगले शक्तिकेन्द्रकै आडमा बिजुली चोर्ने गरेको हो । ‘राम्रोसँग छानविन गर्ने हो भने उद्योगले १० करोडभन्दा बढीको बिजुली चोरी गरेको छ ।तर आफु निकटको राजनीतिक आड प्रयोग गरेर सिमेन्ट उद्योगले करोडौं रुपैयाँको बिजुली चोरेर प्रयोग गरी देश र जनतालाई अध्यारोमा राख्ने र देश डुबाउने अभियानमा लागेको छ । ‘ स्रोत अगाडी भन्छ, ‘देशका गहनाका रुपमा रहेका कलाकारहरुलाई राखेर सिमेन्टले जनता झुक्याउने काम गरेको छ ।

कार्वाही गर्लान् त कुलमानले ?
यति बेला सबैका वाहवाहि पाएका कुलमानले मारुती सिमेन्ट उद्योगलाइ कारवाही गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चर्चाको विषय बनेको छ । ‘मारुती सिमेन्ट उद्योगका मालिकहरु राजनीतिक आडमा आफु यो प्रकरणबाट उम्कने दाउमा छन् भने कुलमानलाइ रिझाएर कार्वाहीबाट बच्ने प्रपन्च मिलाइरहेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘कुलमानले अरु जति नै राम्रो गरेपनि मारुती सिमेन्टका मालिकलाइ कार्वाही गर्ने कुरामा भने धेरैको शंका छ । यता देशलाइ अध्याँरोमा राखेर आफु मोटाउन पल्केका उद्योगका मालिक विरुद्ध उद्योगभित्र कै असन्तुष्ट पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित विभिन्न ठाउँमा उजुरी गर्ने तयारी गरेको बुझिएको छ।

मारुती सिमेन्टका अरु कर्तुत पनि कति हो कति !
बिजुली चोर्ने मात्र होइन मारुती सिमेन्टले अरु थुप्रै गैर कानुनी काम गरिरहेको स्रोतको दावी छ । नक्कली भ्याट बिल प्रयोग गर्ने, राजश्व छल्ने लगायतका कामहरुमा सिमेन्ट उद्योग अगाडी रहेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘मारुती सिमेन्ट देशलाई ठगेर नै मोटाउने अभियानमा छ । सम्बन्धित निकायले छानविन गर्ने हो भने नक्कली भ्याट बिलदेखि राजश्व छलीसम्मका प्रकरणमा मारुती सिमेन्ट उद्योग मुछिएको छ ।

बोल्न मानेन मारुती सिमेन्ट:
यस विषयमा हामीले मारुती सिमेन्टका प्रतिनिधिसँग कुराकानी गर्न प्रयास गरेका थियौं । तर हाम्रो प्रश्न सुन्ने बितिकै फोन सम्बन्धित विभागमा ट्रान्सफर गरिदिने भन्दै काटिएको थियो ।   यस विषयमा हामीले सिमेन्ट उद्योगको वेव साइटमा दिइएको मेलमा समेत सम्पर्क गरेका छौं । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: