×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पिकनिकका नाममा विकृति !, ठाउँ-ठाउँमा जुवा खाल र मदिरा, झ्याङहरुमा भेटिन्छन् जोडी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिलेको पिकनिकको मौसम छ । विभिन्न संघ-संस्था वा साथीभाईका समूह मिलेर पिकनिक जाने चलन छ । तर पछिल्लो समय पिकनिकका नामामा विकृति बढेको छ । ठाउँ- ठाउँमा जुवाका खालहरु भेटिन थालेका छन् भने पिकनिकका नाममा गैरकानुनी कामहरुले पनि प्रयास पाउन थालेका छन् । विभिन्न युवाहरुको समुह पिकनिकका नाममा अश्लील हर्कत गर्न समेत पछी परेका छैनन् । तर यस सम्बन्धमा प्रहरी र सम्बन्धित पिकनिक स्पटका ठेक्का पाएकाहरुले ध्यान नदिंदा स्थिति डरलाग्दो भएको छ ।
ठाउँ- ठाउँमा जुवा खाल, लाखौँको खेल 
पिकनिकमा रमाईलो गर्नु ठूलो कुरा होइन । पिकनिक भनेकै रमाईलो गर्नका लागि हो । तर काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा पिकनिकका नाममा जुवाका ठुला खालहरु बस्ने पाइएको छ । काठमाडौँ  उपत्यकाका गोदावरी, दक्षिणकाली  लगायतका पिकनिक स्पटहरुमा यस्ता जुवाका खालहरु भेटिन थालेका छन् । ‘लाखौँको खेल हुन्छ ।’ गोदावरीमा भेटिएका पिकनिकमा सहभागी भएका एक सहभागी भन्छन्, ‘ठूलो पैसाको खेल खेल्नु राम्रो होइन । यसै पनि सार्वजनिक स्थलमा कुनै पनि बहानामा जुवा खेल्नु अवैध हो ।’      

मदिराको खोलो 
शुक्रबार गोदावारीमै पिकनिक गएको एक समुहमा अचम्मलाग्दो दृश्य देखियो । एक सहकारी बाट पिकनिक गएका अधिकांस पुरुषहरु मातिएका थिए भने केहि महिलाहरु पनि ‘टिल्लै’ थिए । सार्वजनिक स्थलमा मदिराजन्य बस्तुको प्रय्गमा रोक लगाइएको भएपनि प्रहरीले पिकनिक जानेहरुलाई छुट गर्ने गरेको छ । तर त्यहि छुटको बहानामा अत्याधिक मदिरा सेवन बढेको छ ।   
झ्याङहरुमा भेटिन्छन् जोडी ! 
पिकनिक भन्दै बैंश विसाउन वा ‘जंगलमै मंगल’ गर्नेहरुको संख्या पनि बढेको छ । पिकनिक जाने भन्दै विभिन्न समूह जंगलमा अश्लील हर्कत गर्ने गरेको समेत पाइएको छ । विशेषगरी गोदावरी, धुलीखेल लगायतका ठाउँमा जोडीहरुको यस्तो हर्कत अत्याधिक रुपमा देख्न सकिन्छ । विगतमा यस्ता केहि जोडीहरुलाई प्रहरीले कार्वाही समेत गरेको थियो । तर पछिल्ला दिनहरुमा प्रहरीको सक्रियता घटेका बेला यस्ता हर्कतहरु बढेका छन् । सुन्दरीजल लगायत कतिपय ठाउँमा यस्ता हर्कत गर्न मनाही छ भनेर लेखिएको नै छ । तर पनि त्यसको वेवास्ता गरी जोडीहरु जंगलमा आपत्तिजनक स्थितिमा भेटिने गरेका छन् ।  
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: