×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पिकनिक जाँदैिहुनुहुन्छ ? हेर्नुहोस् कहाँ- कहाँ ठगीनुहुन्छ तपाईं…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले पिकनिकको मौसम छ । यतिबेला कुनै बार पारेर स्कुल, कलेज, वा कुनै व्यवसायमा लागेकाहरु समय मिलाएर पिकनिक जाने गरेका छन् । तर यहि बहानामा विभिन्न पिकनिक स्पटमा भने लुट मच्चिएको छ । तोकिएभन्दा बढी शुल्क लिएर होस् वा भनेजस्तो सुविधा नदिएर होस्, पिकनिकमा स्पटहरुमा लुट मच्चिएको छ ।
स्पटको भाडामा 
पिकनिक स्पटको भाडामा अधिकांस ठगीने गरेका छन् । विभिन्न पिकनिक स्पटका ठेकेदारहरुले तोकेभन्दा बढी शुल्क असुलेर जनता ठगीरहेका छन् । विशेषगरी काठमाडौँबाट बढी समूह पिकनिक जाने स्थान, गोदावरी, ककनी, धुलीखेल, दक्षिणकाली, गोकर्ण थानकोट लगायतका ठाउँमा यस्तो लुट मच्चिएको पाइएको छ । स्पटमै लेखिएभन्दा बढी शुल्क लिएर ठेकेदारको समुहले पिकनिक गएकाहरुलाई ठगीरहेको छ । यता गोदावरीमा भने जस्तो सुविधा भने पिकनिक जानेहरुले पाइरहेका छैनन् । यस्ता धेरै ठाउँमा बनभोज जानेहरु ठगिने गरेका छन्। अधिकांस स्पटहरुमा तोकिएभन्दा बढी शुल्क लिने गरिएको छ । 
टोले गुण्डाहरुबाट 
आफुहरु समितिबाट आएको, वा कतैबाट आएको भन्दै विभिन्न समुहले पिकनिक स्पटहरुमा लुट मच्चाउने गरेका छन् । वास्तवमा पिकनिक स्पटहरुमा स्पट शुल्कमा सबै कुरा समेटिएको हुन्छ । तर समितिबाट आएको, पानीको पैसा लिन आएको, जेनेरेटरको पैसा लिन आएको जस्ता विभिन्न बहानामा टोले गुण्डाहरुले पैसा असुल्ने गरेका छन् । उक्त रकम उनीहरुकै पोल्टामा जाने गरेको छ । 
क्याटरिङ र सवारी 
पिकनिक लैजाने भन्ने वितिकै सबैभन्दा आवश्यक कुरा हो, खाना । र त्यसमा पनि क्याटरिङ । तर काठमाडौँका क्याटरिङहरुले पिकनिक भन्नेवितिक्कै कुन समुहको पिकनिक हो हेरेर बढी शुल्क उठाउने गरिएको पाइएको छ । हुन त कति शुल्क उठाउने भन्ने कुराको केहि मापदण्ड पनि बनेको छैन । तर उही सेवाका लागि ठाउँ- ठाउँका क्याटरिङहरुमा अनावश्यक शुल्क उठाउने गरिएको छ ।  यता सवारीहरुको पनि आ-आफ्नै रेट छ । यसको पनि खास मापदण्ड नभएका कारण सवारी धनीहरुले मनपरी रुपमा शुल्क उठाउने गरेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: