×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिमलेन्द्र निधीको भतिजा देखि रमेश लेखकको फूपुको छोरासम्म न्यायधीशमा नियुक्त

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – बिहिवार मध्यराती छापामार शैलीमा ८० न्यायधीश नियुक्त भए । तर,नियुक्त गरिएका न्यायधीश मन्त्रीका साला,भतिजा देखि स्वीकय सचिवसम्म रहेको तथ्य प्रकाशमा आएको छ ।
न्यायपरिषदले मध्यराती नियुक्त गरेको ८० न्यायधीशमध्य गृहमन्त्री बिमलेन्द्र निधीका भतिजा रमेशकुमार निधिको भाग्य बलेको छ ।
सुर्दशनदेव भट्ट तीनै व्यक्ति हुन जो भौतिक योजना तथा यातायात मन्त्री रमशे लेखकको फूपुको छोरा रहेको थाहा हुन आएको छ । त्यस्तै,नियुक्त भएका अर्को न्यायधीश सुवास पौडेल चाहिँ सर्वोच्चका बहालवाला न्यायधीश जगदीश पौडेलका पुत्र हुन ।
त्यस्तै अर्को न्यायधीश मुनिन्द्र अवस्थी तीनै व्यक्ति हुन जो कुनै समय काग्रेस सभापति शेर बहादुर देउवाको स्वीकयको रुपमा काम गरेका व्यक्ति हुन । न्यायपरिषद्का सचिवमा कर्यरत कृष्ण गिरीको साला धु्रवराज नन्दले पनि न्यायधीश बन्ने सौभाग्य पाएका छन । यही लटमा हत्या गरिएका न्यायधीश रणबहादुर बमका छोरा दीपेन्द्र बहादुर बम पनि परेका छन ।
यसरी करिव सात दर्जन न्यायाधीशहरूको नियुक्ति हुँदा नेपाली कांग्रेसबाट बाह्र र माओवादीका दशले नियुक्ति पाएका छन । त्यस्तै मुसलमानबाट एकजना र यादव समुदायबाट एकजना मात्र व्यक्ति नियुक्तिमा परेका छन् । यीबाहेक मधेसी समुदायबाट कोही नपरेको कारण आलोचना हुन थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: