×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थप १३ लाख दाइजो माग गर्दै फोरम नेता सञ्जिव साहले बुहारीलाई घरबाट निकाले

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – ४१ लाख दाइजो दिएर छोरीको विवाह गराएका बाबुलाई केटापक्षले थप १३ लाख रुपैंया मागेपछि केटीका बाबु तनावमा छन् । सिरहाको गोलबजार निवासी व्यापारी हरिनारायण साहले आफ्नी छोरी रेखा साहको बिहे मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जिव साहका कान्छा छोरा पाइलट श्रवण साहसँग गरेका थिए ।
बिहेको बेला नेता साहले आफ्ना छोरालाई दाइजो स्वरूप ४१ लाख नगद र सुनका गरगहना माग गरेका थिए । सोही अनुसार केटीका बाबु साहले ३६ लाख रुपैयाँ बैंकमार्फत र अरू नगद र २१ तोला सुन गरी दाइजो दिएका थिए । तर, अहिले आएर केटा पक्षले थप दाइजो माग गर्दै बुहारीलाई गालीबेइज्जती र घरेलु हिंसा गर्न थालेपछि रेखा माइत फर्केकी छन् भने न्याय खोज्दै केटीपक्ष प्रहरी कहा पुगेको छ ।
यति धेरै दाइजो लिएर पाइलट छोराको बिहे गरेका फोरमका नेताले केटी पक्षसँग थप १३ लाखको माग गर्दै बुहारीलाई माइत पठाएका हुन् । बिहेमा करिब ६० लाखभन्दा बढी खर्चेका केटीका बाबु हरिनारायणले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: