×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ओप्पो’ ब्राण्डको मोबाइल किन्दै हुनुहुन्छ ? एकछिन पर्खनुहोस् !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अहिले नेपाली बजारमा निकै आक्रामक ‘मार्केटिङ’ का साथ आएको मोबाइल ब्राण्ड हो ‘अप्पो’।  देशका विभिन्न स्थानमा भइरहेका मोबाइल महोत्सवदेखि देशभरका मोबाइल पसलहरुमा ‘अप्पो’ कै चर्चा छ । तर त्यहि अप्पोले देश र जनता ठगीरहेको तथ्य फेला परेको छ । ‘सेल्फी एक्सपर्ट’ भन्दै बजारमा खुब विक्री भइरहेको एफवान एस मोडल लगायत अन्य मोडलहरुको फोनमा जनता ठगीने गरेको तथ्य खुलेको छ ।

खुलेआम भ्याट छली !
न्यूरोडमा चलेको मोबाइल महोत्सवमा पनि अप्पोको माग राम्रै थियो । तर एप्पो मोबाइलले भ्याट छल्ने गरेको खबर प्राप्त गरेपछि हामी पनि अप्पोका आधिकारिक भनिएका डिलरहरुमा प्रवेश गरेका थियौं । मोबाइल एक तर मूल्य अनेक । ३० हजार देखि कम्पनीले तोकेको मूल्यसम्म, पसले पिच्छे फरक मूल्य । यो हुनुको पछाडी उनीहरुले खाने फाइदाको रकममा कम वा बढी त हो नै रहेछ, त्यहाँभन्दा डरलाग्दो तथ्य भने एप्पो मोबाइल विक्री वितरणमा खुलेआम भ्याट छालिँदो रहेछ ।
न्यूरोडको एक मोबाइल पसल, जसलाई पसलका सञ्चालकले अप्पोको आधिकारिक डिलर भने । हामीले मोबाइल किन्ने बताएपछि उनले छुटको कुरा गरे । ‘हामीले भ्याट बिल नलगे त अरु पनि छुट पाइन्छ रे नि !’ भनेर सोध्दा उनले भने, ‘अँ, भ्याट बिल नलाने हो भनेचाहिं म अझै मिलाइदिन्छु ।’ त्यसपछि हामीले पुन: सोध्यौं, ‘भ्याट बिल त लानै पर्यो, कम मूल्यको लैजान मिल्दैन, छुट गराएर ?’ उनले भने त्यो पनि मिल्छ । पैसा चाहिं बिलभन्दा बढी तिर्नु पर्छ, बिलमा मिलाउने हो भने हुन्छ ।’ यसबारे हामीले अप्पोका स्टलमा बसेका अप्पोका प्रतिनिधिहरुलाई पनि सोधेका थियौं । उत्तरमा उनीहरुले आफुलाई भ्याटको विषयमा कुनै पनि जानकारी नभएको बताए ।         
ठुलै सेटिङको शंका,  के भन्छ राजश्व विभाग ?
यसबारे हामीले आन्तरिक राजश्व विभागमा समेत सोधपुछ गरेका थियौं । ‘भ्याट छल्नु जघन्य अपराध हो । भ्याट छल्ने जो कोहिलाई पनि कार्वाही हुन्छ ।’ आन्तरिक राजश्व विभागका एक कर्मचारी भन्छन्, ‘मोबाइलमा भ्याट छली हुन्छ भन्ने हामीले पनि सुनेका हौँ । त्यसअनुसार कार्वाही पनि हुनुपर्ने हो । उजुरी दिएको खण्डमा कार्वाही गरिनुपर्ने हो ।’ यता न्यूरोडकै केहि व्यापारीहरुले भने ओप्पो मोबाइल विदेशी ब्राण्ड भएकाले नेपालमा भ्याट कसरी छल्न सकिन्छ भन्ने कुराको तयारीका साथ बजार प्रवेश गरेको बताउँछन् । ‘अप्पोले भ्याट छालीरहेको कुरामा कुनै दुइमत नै छैन । कम्पनीले डिलरलाइ दोष दिने डिलरले कम्पनीलाई दोष दिने काम भइरहेको छ । तर खासमा मिलेमतो दुबैको छ ।’
व्यापारी नै भन्छन्, सरकारले छापा मारोस्, हजारौं अन्डर इन्भोसीङका प्रमाण भेटिन्छन् :
अप्पोकै मिलेमतोमा भ्याट छली भएको बताउने न्यूरोडका केहि व्यापारीहरुले आन्तरिक राजश्व विभागले न्यूरोडमा मात्र छापा मार्ने हो भने, ‘अन्डर इन्भोइसीङ’का थुप्रै प्रमाणहरु भेटिने दावी गरेका छन् । ‘ न्यूरोडका मात्र पसलमा छापा मार्ने हो भने, अन्डर इन्भोईसीङका हजारौं बिलहरु फेला पर्छन । यो सब मिलेमतोको खेल हो । ‘हुन त अन्य केहि मोबाइल ब्राण्डमा पनि ‘अन्डर इन्भोइसिङ’ हुन्छ । तर त्यो डिलरको बदमासी हो । अप्पोले त डिलरलाइ नै भ्याट छल्न सिकाएको छ ।’ न्यूरोडका अर्का एक व्यापारीले भने ।     
के भन्छन् अप्पोका प्रतिनिधि ?
यता अप्पोले भने सिधै आफुले फोन बेच्ने नगरेको दावी गरेको छ । अप्पोका नेपालका लागि पीआर मेनेजर सुरज महर्जनले भने, ‘अप्पोले सिधै नेपालमा फोन बेच्दैन । डिलरबाट बेच्ने हो । भ्याट छलीबारे जानकारी गराइदिनुभएकोमा धन्यवाद ! हामी नेपालको कानुन विपरित काम गर्दैनौं ।’ आफ्नो कम्पनीले सधैं आफ्ना ग्राहकहरुको सन्तुष्टिका लागि काम गरिरहेको उनको दावी थियो । 
सोचेजस्तो पनि छैन ओप्पो
अप्पोले एफवानएसलाइ निकै राम्रो क्यामरा भएको फोन भन्दै बेचिरहेको छ । यसै क्रममा हामीले पनि समाचार संकलनका लागि भन्दै क्यामरा राम्रो भएको फोन किन्न न्यूरोड गएका थियौं । अप्पोका प्रतिनिधिले अहिले अप्पोजस्तो राम्रो क्यामरा भएको फोन कुनै छैन भन्दै गफ दिएपछि हामीले पनि ओप्पो किनेका थियौं । तर ओप्पो मोबाइलको क्यामरा बाहिर सुनिएजस्तो दमदार भने देखिएन । यसो त फोन चित्त नबुझे केहि समय भित्र मोबाइल फिर्ता गर्न मिल्ने प्रावधान समेत मोबाइल कम्पनीले गरेको छ । कहिले यसरी फोन फिर्ता गरेको भएपनि कम्पनीले यो कुरालाई लुकाउने गरेको न्यूरोडका मोबाइल व्यापारीहरु बताउछन् ।   

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: