
मुलुकको अग्रणी जीवन बिमा कम्पनीले अंकित मुल्य १०० मा १३२५ प्रीमियम थप गरी १४२५ का दरले यही पौष २७ गतेबाट FPO जारी गर्दैछ। धेरै नयाँ लगानिकर्ता मित्रहरुले यसबारे मलाई ब्याक्तिगत रुपमा साथै बिभिन्न फोरमहरुमा पनि जिज्ञासा राखेको पाएँ । मनमा लागेको कुरा लेख्दैछुँ ।
केहि महिना अघि NLIC को बजार मुल्य ४००० माथि रहेको समयमा नेपाल लाईफले अंकित मुल्य १०० मा २८५१ प्रीमियम थप गरी FPO जारी गर्ने भन्ने सुचना बाहिर ल्यायो । यससँगै यसको बजार मूल्य आकासिएर झण्डै ५००० छुन पुगेको थियो । यस लगत्तै धीतोपत्र बोर्डको कारवाहीमा परेको NLIC को FPO मुल्य निर्धारणका लागी आधारहरु चाहिने र बजार मुल्यलाईमात्र आधार मानेर FPO को मुल्य निर्धारण नहुने भनी लामो समयसम्म सो प्रकृया स्थगित गर्यो । यसबाट उक्त कम्पनीको बजार मुल्यमा नकारात्मक असार पर्न थाल्यो FPO कै कुरा ले ४९०० पुगेको NLIC अहिले साँच्चै FPO आउने बेलामाचाहिं २६०० मा आईपुगेको छ ।
दोश्रो बजारमा जोखिम लिन नचाहने , बचत खातामा रकम राख्ने , बैंक बित्तिय सँस्थाबाट ‘ओडि’ प्रयोग गरीरहेका, बजार प्रवेश गर्ने बाटो खोजी रहेकाहरुको लागी लगानीको लागी यो एउटा उपयुक्त बिकल्प हुनसक्छ।
हुन त पछिल्लो समय FPO ले एउटा विकृतिकै रुप लिएको पाईन्छ । कतिपय कम्पनीले कमाई गर्ने भाँडोकै रुपमा लिएको पाईन्छ FPO लाई लिने गरेका छन् । आफ्नो नियमित कारोबार बढाएर नाफा बढाउनु कता हो कता FPO निकालेर सँचिती बढाउने सोचलाई “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने उखानसँग दाँज्दा फरक नपर्ला ।
NLIC को हकमा भन्ने हो भने यो एउटा निरन्तर राम्रो ब्यापार गरिरहेको , नाफा बढाईरहेको , लगानिकर्ताप्रति उत्तरदायी, निरन्तर आकार्षक प्रतिफल प्रदान गरीरहेको कम्पनी हो । एउटा भनाईनै छ कि “झुर कम्पनीले दिने बोनस भन्दा त राम्रो कम्पनी दिने हकप्रद कयौं गुना राम्रो हुन्छ !” संस्थापक र साधारणको सेयर संरचना नियम अनुसार मिलाउन पहिलेदेखिनै FPO लाई आफ्नो योजनामा राखेको NLIC को हकमा भने अहिलेको FPO निश्काशनलाई सामान्यनै मान्नुपर्छ ।
एउटा चाखलाग्दो कुरा के छ भने NLIC को ५२ हप्ताको अधितकम र न्युनतम मुल्यलाई हेर्ने हो भने ४९३६ अधिकतम मुल्य थियो र न्युनतम मुल्य भने २५९५ रहेको छ । जुन हिजोको कारोबार मुल्य थियो । दोश्रो बजारमा कारोबार गर्नेहरुका लागी पनि यो एउटा सुनौलो अवसर हो । हिजो मुल्य उचालिएर ४००० नाघेको दिनमा NLUC को सेयर खरिद गर्नेहरुको लागी अहिलेको बजार मुल्य एभरेज गराउनको लागि राम्रो अवसर हुनेछ। अहिले NLIC मुल्य तल झर्नुको कारण २६०० मा बिक्री गरेर १४२५ मा किन्ने सोच हुनसक्छ धेरैको। तर हामिले यो कुरा बुझौं कि २६०० मा बेचेको १०० कित्ताले भोली १० कित्ता दिने कुनै ज्ञारेण्टी छ र?
जसरि IPO , FPO को क्रममा बजारमा बिक्री चाप बढ्छ अनि बजार घट्छ त्यसै गरी उक्त रकम बजार फर्कंदा बजारमा खरिद चाप बढ्छ अनि मुल्य उकासिने निश्चितनै छ । हाल २ अर्ब १६ करोड चुक्ता पुँजी रहेको NLIC ले अहिले करिव ३१ लाख कित्ता FPO जारी गरेपछीको पुँजी भने करिव २ अर्व ४७ करोड पुग्नेछ भने रिजर्व भने ६ अर्व ३७ करोड पुग्ने कम्पनीले प्रकाशित गरेको आव्हान पत्रमा उल्लेख छ। जसबाट लगानिकर्ताले भोलीका दिनमा राम्रै बोनस पाउने आशा गर्न सकिन्छ !
के हिसाबले आवेदन दिने?
५० हजार भन्दा मुनी साना लगानिकर्ता अनि त्यस माथी ठुला मानिन्छ हाम्रो बजारमा। बाँडफाँडमा ठुला र सानाको अनुपात पनि निकै फरक हुन्छ । तसर्थ अहिलेको FPO लगानी सन्दर्भमा मेरो सुझाव चाहिं सकेसम्म आफ्ना परिवार सदश्य धेरैको नाम ५०००० मुनी आवेदन दिनुस् जसअनुसार ३० कित्ता × १४२५ = ४२७५० /- अनि बाँकी ठुलो समुहबाट एक जनाको नाममा अवेदन दिनुस् ।
अहिलेको तरलता अभावमा ४ अर्व १० करोडको NLIC FPO मा १० गुना आवेदन पर्दा पनि ४० अर्ब माथी पर्ने सोच्न सकिन्छ , अहिलेको LIQUIDITY CRISIS अवस्थामा जुन ठुलै कुरा हो !
ब्याक्तिगत प्रक्षेपणको कुरा गर्ने हो भने मेरो बिचारमा NLIC FPO मा सानाले १४% अनि ठुला ले ६% को हाराहारीमा सेयर प्राप्त गर्नेछन्!
HAPPY INVESTING!
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्