×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकरलाई उपत्यका बाहिर पठाउने ! धितोपत्र बोर्ड र नेप्सेचाहीं सिहंदरबार र जाउलाखेलबाटै तमासा हेर्ने ?

  • नरेन्द्र चुदाली
विशेषगरी राजनैतिक परिवर्तनपछि उत्साहित बनेको सेयर बजारले परिवर्तनका यी एक दशकमा विभिन्न उतवचढावहरुको सामाना गर्नु पर्यो । यो समयमा सेयर बजार प्रतिको आकर्षण हवात्तै बढेर गयो । साना तथा नयाँ लगानिकर्ताहरुको उत्साहजनक रुपमा बजार प्रवेश भयो । एउटा सानो कम्पनीले थोरै साधारण सेयर निष्कासन गर्दा पनि त्यहाँ थामी नसक्नुको भिड हुनुले पनि नेपालमा सेयर बजारप्रती जनताको आकर्षण कति धेरै छ भन्ने कुराको पुष्टि हुन्छ । यो विचमा हजाँरौ लगानीकर्ताहरु सेयर बजारमा प्रबेश गरेको अनुमान छ ।
अबको हाम्रो गन्तब्य  र्र्आिर्थक समृद्धी हो । समृद्धीको लागि  पुजीको संकलन र परिचालन गर्नुपर्ने आबश्यकता छ । त्यसमा सेयर बजारको भुमिका महत्वपुर्ण हुन्छ । त्यसकारण पनि बजारको आकार र आकर्षण अनुसार पुँजी बजारको विस्तार, विकाश र विविधिकरणको  टट्कारो आवश्यकता छ । कम्पनिको पँुजि वृद्धी तथा नयाँ कम्पनीहरुको सुचिकरणले बजारमा सेयरको भोलुम ठुलो भएको छ । र त्यसको सन्तुलनको लागि बजारमा सोही अनुसारको माग हुनुपर्ने हुन्छ । तर  हाम्रो बजार यहि चक्रपथ भित्रको सेरोफेरोमै अल्मलिरहेको छ । त्यसकारण सेयर बजारमा आउन सक्ने उपत्यका बाहिरको खरबौको पँुजी चाहेर पनि सेयर बजारमा आउन सकेको छैन् ।
नेप्सेले प्रविधिको विकाश गर्न नसक्दा विदेशमा रहेका नेपालीहरुको पँुजी पनि सेयर बजारमा आउन सकिरहके छैन् । यदि बजार देश भरका लगानीकर्ताहरुको पहुचमा गयो भने बल्ल बजार परिपक्क बन्ने निश्चित छ । तर विडम्वना सेयर बजारमा जनताको जुन लगाव र स्प्रीड छ त्यही अनुसार सरकार , धितोपत्र बोर्ड, नेप्से र सरोकारवाला निकायहरुको हुन सकिरहेको छैन् । यस विचमा केही सुधारहरु भएपनि त्यीनको गति एकदमै सुस्त छ । हामी द्रुत गतिमा पुजी  बजारको विकाशमा लाग्नु पर्नेमा वर्षो लगाएर अभौतीकरणमा जानुलाई ठुलै उपलब्धी मान्नु आबश्यक छैन् । हो यो विचमा धेरै सुधारहरु भए । तर त्यी एकदमै सुस्त गतिमा भए।त्यसैले हामिले समयको पनि ख्याल गर्नुपर्ने छ । ६ महिनामा हुने कामलाई बर्षो लगाउदा त्यसको प्रभावकारीता रहदैन ।
अनलाईन ट्रेडीङ पनि धितोपत्र बोर्ड र नेप्सेको विवादका कारण प्रभावित भईरहेको छ । क्लीयरीङ बैकं थप्ने कुरा पनि अलपत्र छ । उपत्यका बाहीर सेवा विस्तरको लागि आबश्यक नियमन सहित बैक तथा वित्तिय संस्थालाई ब्रोकर लाईसन्स दिनु पर्नेमा सो पनि अलपत्र नै छ ।
 अहिले नेप्सेले केही ब्रोकरहरुलाई उपत्यका बाहीर पठाउदै छन भन्ने कुरा आईरहेको छ । तर त्यसको कुनै ब्याबहारिक पक्षको अध्यान गरिएको छैन्।शाखा विस्तारको लागि ब्रोकरहरुको पुँजी र क्षमताको मुल्याङन भएको छैन् । उनिहरुले दिने सेवा र गुणस्तरको लागि आबश्यक कार्यबिधि पनि तयार गरिएको छैन् । कतिपय ब्रोकरहरुलाई काठमाण्डौमा टिक्न नै गार्हो भईरहदा उनिहरु उपत्यका बाहिर गएर कसरि शाखा खोलेर टीक्न सक्छन ? त्यसमा पनि बोर्डले ध्यान दिएको छैन् । यदि सेयर दलाललाई उपत्यका बाहिर पठाउने हो भने उनिहरुको अहिलेको पुजिले धान्न सक्ने अबस्था छैन । त्यसकारण उनिहरुको पुजि वृद्धी गर्नुपर्ने देखिन्छ ।
र अर्को महत्वपुर्ण कुरा अहिले धितोपत्र बोर्ड र नेप्सेको ब्याबहार हेर्दा  सेयर दलालहरुलाई उपत्यका बाहिर  पठाउदा वित्तिकै सेयर बजारको विकाश भैहाल्छ भन्ने किसिमको देखिन्छ । वास्तवमा अनलाईन सिस्टम र ब्रोकर शाखा खोल्ने कुरा नित्तान्तै प्राविधिक पाटा मात्र हुन् । उपत्यका बाहीर ब्रोकर जादैमा त्यहा सेयर बजारको विकाश हुने होईन।मात्र त्यहा कारोबारको लागि सहजता हुने हो । बजारको दिगो विकाशको लागि अब उपत्यका बाहिर जिल्ला जिल्लामा गएर सेयर शिक्षा र साक्षतार फैलाउनु आबश्यक छ। जुन काम नियमनकारि निकाय भएको नाताले धितोपत्र बोर्ड र नेप्सेको हो । अब पुतलीसडकमा साढे दौड गरेर पाचथरका मान्छेले सेयरको ज्ञान हासिल गर्न सक्दैनन् । त्यसको लागि नेप्से ले अभियान लिएर जिल्ला जिल्लामा जानु आबश्यक छ । काठमाण्डौमा बसेर राजनिती गरेर देशमा पुजि बजारको विकाश असम्भव छ । त्यसको लागि सरोकार वाला निकाय जुरमुराउनु आबश्यक छ ।
भोली सेयर दलालहरु उपत्यका बाहिर जादै गर्दा उनिहरुको नियमन नेप्से र धितोपत्र बोर्डले काठमाण्डौमा बसेर गर्न असम्भव छ।स्थानीय स्तरमा बजारको  नियमन र नियन्त्रणको लागि धितोपत्र बोर्ड र नेप्सेका निकाय र संयन्त्रहरु चाहीदैनन् ? आज सरकार वडा कार्यलयको रुपमा तल्लो लेभलमा पुग्दा पुजि बजारको विकाशको लागि नेप्से र बोर्ड पनि क्षेत्रहरुमा पुग्ने कि नपुग्ने ? बागबजार र पुतलीसडको सेयरदलाल कार्यलयमा भएको चलखेल र ईनसाईडर ट्रेडीङलाइ सिहदरबार र जाउलाखेल पत्तै पाउदैन भने भोली धनगढी र विर्तामोडमा भएका गतिविधि नेप्से र धितोपत्र बार्डले कसरि नियन्त्रण गर्न सक्छन । 
अझ हाम्रा नियामक निकायहरु गए गुज्रेका प्रविधि लिएर बसेका छन् । त्यसैले अब ब्रोकरको साथ साथै धितोपत्र बोर्ड र नेप्से पनि उपत्यका बाहीर जानु आबश्यक छ । बजारको विकाश र विस्तार संगै उनिहरुको पनि विकाश हुनु जरुरी छ । बजार भोली देशभरी पुग्दा बोर्डको यही भौतीक पुर्वाधार , स्रोत र साधनले धान्न सक्दैन । त्यता तिर उनिहरुको ध्यान जाने कि नजाने ? कमसेकम पनि नेप्से र धितोपत्र बोर्डले तत्कालको लागि प्रदेश स्तरमा गएर काम अगाडी बढाईहाल्नु आबस्यक छ ।
 नियमनकारी निकायले  त्यहा गएर सेयर को विकाश विस्तार र विविधिकरण गरि  सेयर शिक्षा र साक्षारता बढाई  अब स्थापना हुने सेयर दलाल का गतिबिधिको  नियमन गर्ने तर्फ कामको सुरुवात गरोस।किनकि धितोपत्र बोर्ड र नेप्सेको पछिल्लो सुस्तता कायम हुदै गयो भने बजारको विकाश र विस्तार हुने कुरामा विश्वास गर्न सकिदैन् । सरकारको यस तर्फ ध्यान जाओस ।                                                  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: