×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

क्लासिकटेकको ‘झुर’ सेवाले सेवाग्राही हैरान, ‘स्पीड’ कमजोर, ‘सपोर्ट’ थर्डक्लास ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – के तपाईं क्लासिकटेकको ग्राहक हुनुहुन्छ ? यदी हुनुहुन्छ भने पक्कैपनि तपाईंलाई क्लासिकटेकका समस्याहरु  थाहा होलान् । यदी हुनुहुन्न र हुने सोचमा हुनुहुन्छ भने यो समाचार तपाईंका लागि निर्णयको ‘कडी’ बन्न सक्छ । पछिल्लो समय क्लासिकटेकको ‘ झुर’ सेवाले सेवाग्राही यतिसम्म हैरान भएका छन् कि ग्राहकहरुले उक्त हैरानी सामाजिक सञ्जालमा पोख्न थालेका छन् । क्लासिकटेकले ‘अति’ गर्न थालेको भन्दै क्लासिकटेकले फोन नउठाएको भिडियोनै बनाएर सामाजिक सञ्जालमा अपलोड भएका छन् भने कम्पनीको खराब सेवाप्रति तीब्र आक्रोश ग्राहकहरुले पोख्न थालेका छन् । 

पैसा तिरेजति स्पीडनै दिंदैन क्लासिकटेक :
क्लासिकटेककै फेसबुक पेजमा विभिन्न ग्राहकहरुले क्लासिकटेकले पैसा तिरेजती स्पीड नदिएको आरोप लगाएका छन् । ‘घरमा ६ एमबीपीएसको नेट हालेर, थ्रीजी चलाएर कमेन्ट गर्नुपर्ने ?’ भन्दै  ग्राहकहरुले आक्रोश पोखेका छन् । केहि ग्राहकहरुले त क्लासिकटेकले आफुलाई ठगेको भन्दै आफ्नो पैसा पूरा फिर्ता गर्नुपर्ने समेत माग गरेका छन् । कतिपय ग्राहकहरुले झुर सेवाले पराकाष्टानै नाघेको भन्दै कम्पनीको फेसबुकमा केहि अश्लील गाली समेत गरेका छन् । कतिले क्लासिकटेकले जनतालाई ठगेकाले कम्पनीलाई यथाशीघ्र कारवाही गर्नुपर्ने माग गरेका छन् भने कतिपय ग्राहकहरुले क्लासिकटेक प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा नयाँ ट्रेण्ड : ‘बाइकट क्लासिकटेक’
यता क्लासिकटेकले दिएको हैरानीबाट आजित भएका ग्राहकहरुले सामाजिक सञ्जालमा ‘Buycotclassitech ‘ नामको ट्रेन्ड सुरु गरेका छन् । ग्राहकहरुले आफ्ना कुनैपनि आफन्त र साथीहरुलाई क्लासिकटेकको नेट जोड्न सुझाव नदिन आग्रह गरिरहेका छन् भने, कतिपय ग्राहकहरुले क्लासिकटेकविरुद्ध मुद्धा हाल्ने समेत चेतावनी दिएका छन् । केहि ग्राहकहरुले क्लासिकटेकले सबैलाई ठगीरहेको भन्दै आफुहरुले उक्त कम्पनीविरुद्ध उजुरी गर्न लागेको र आफुहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।    
स्पीड त कमजोर छ नै, सपोर्ट पनि थर्डक्लास ! 
यता ग्राहकहरुले क्लासिकटेकको स्पीड कमजोर भएको आरोप लगाईरहेका बेला कम्पनीको सपोर्ट ‘थर्डक्लास’ भएको आरोप लगाएका छन् । सामाजिक संजालमा उनीहरुले क्लासिकटेकले फोन नउठाउने, नेट गएका बेला निकै समय लाइन काटिंदापनि ग्राहकलाइ कुनैपनि प्रतिक्रिया नदिएकोजस्ता आरोपहरु लगाईरहेका छन् । कति ग्राहकहरुले त क्लासिकटेकले फोन नउठाएको भिडियोनै बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका छन् । ग्राहकले ६ मिनेट फोन गर्दा पनि नउठेको क्लासिकटेकको ‘झुर’ सपोर्टका बारे भिडियो बनाएर सामाजिक संजालमा पोष्ट र सेयर गरेका छन् । ग्राहकहरुले काठमाडौँ, हेटौंदा लगायत कम्पनीले सेवा प्रदान गर्ने अधिकांस ठाउँको सपोर्ट निकै नै कमजोर भएको बताएका छन् ।

यस्तो छ क्लासिकटेकको गैरजिम्मेवारी
यता ग्राहकको यति धेरै असन्तुष्टि हुँदापनि क्लासिकटेक भने कानमा तेल हालेर बसेको छ । उसले जस्तोसुकै प्रतिक्रियालाई पनि एउटै ‘कमेन्ट’ गरेर जनताप्रतिको जवाफदेहिताको धज्जी उडाएको छ भने ग्राहकको वास्तानै नगरेको भान हुने व्यवहार प्रस्तुत गरेको छ । चर्चित कलाकारलाई प्रयोग गरेर आफ्नो स्पीडको बारेमा प्रचार गरिरहेको कम्पनीको ‘झुर’ सेवाबाटा आजित बनेका ग्राहकहरु अहिले आफन्त तथा साथीभाईहरुलाई क्लासिकटेक नजोड्न आग्रह गरिरहेका छन् ।  यसबारे बुझ्न हामीले बिहिबार दिउँसो ४:१९ बजेदेखि लगातार केहि समय फोन गर्दा समेत कम्पनीको फोन उठेन ।

हेर्नुहोस् क्लासिकटेकको फेसबुक पेजमा ग्राहकको आक्रोश 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: