×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विशेष खुलासा : नेपाली कांग्रेस फुट्दै, नेपाली कांग्रेस(वीपी) नामको पार्टी खोल्ने यस्तो छ तयारी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – नेपाली कांग्रेस अन्ततः फुट्ने भएको छ । पार्टीलाई मनपरी ढंगले चलाइएको र आफ्नो भूमिकालाई निकै कमजोर बनाइएको भन्दै पार्टीका जिम्मेवार नेताहरुको अगुवाईमा नयाँ पार्टी खोल्न लागिएको खबर प्राप्त भएको छ । पार्टीका नेताहरुको गोप्य बैठकमा यस्तो निर्णय भएको हो । नेतृत्वले मनपरी ढंगले पार्टी चलाएको, पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुलाई पनि वास्ता नगरिएको, विपीका पाठहरु भुलेर नेपाली कांग्रेसको साखमाथि धक्कापर्ने कार्यहरु नेतृत्वबाटै भएको लगायतका आरोप लगाउंदै नयाँ पार्टी खोल्न लागिएको स्रोतको दावी छ ।
को को जानेछन् नयाँ पार्टीमा ?
नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीमा नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने स्रोतको दावी छ । ‘पूर्व मन्त्रीहरु थुप्रै हुनुहुन्छ । अहिलेका संसदहरु पनि हुनुहुन्छ । अहिलेको पार्टी फुटीसकेपछी नयाँ पार्टी अहिलेको भन्दा झन् बलियो हुनेछ ।’ हालका संसदसमेत रहेका एक कांग्रेस नेताले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार अव बन्ने पार्टी खास अर्थको कांग्रेस पार्टी हुनेछ । ‘अहिलेको समग्र नेपाली कांग्रेसलाइ जनताले हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । विपीको साख जोगाउन भएपनि हामीले नयाँ पार्टी खोल्ने पर्छ। ‘ उनले भने ।    
नयाँ पार्टीको नाम नेपाली कांग्रेस(राष्ट्रवादी)
स्रोतका अनुसार नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीको नाम नेपाली कांग्रेस(वीपी) विपी हुनेछ ।  ‘निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरेर नेपाली कांग्रेस(वीपी) राख्ने आन्तरिक छलफल भएको छ । अवको केहिदिनमा हाम्रो पार्टी निर्वाचन आयोगमा समेत दर्ता हुनेछ । त्यसपछी लगत्तै हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछौं । हाम्रो समूह अहिले गोप्य राखौं । सम्पूर्ण प्रकिर्या सकिसकेपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा जानाकारी गराउनेछौं ।’ आफ्नो नाम नखुलाउन आग्रह गर्दै एक नेताले अर्थ सरोकार डटकमसँग भने । 

एक महिनादेखिको तयारी, स्थानीय तहको निर्वाचनको टार्गेट 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नयाँ पार्टी खोल्ने सम्बन्धमा कांग्रेका जिम्मेवार नेताहरु बिगत एक महिनादेखि गोप्य बैठकमा थिए । ‘हामीले हाम्रो आन्तरिक बैठकबाट काठमाण्डौ र अवता १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार गरेका छौं । दर्ता लगत्तै हामी सबै जिल्लामा पार्टीलाई बिस्तार गर्नेछौं ।’ एक नेताले अर्थ सरोकार डटकमसँग भने ।

यस्तो हुँदैछ नयाँ पार्टीको झण्डा, चुनाव चिन्ह परेवा 
स्रोतका अनुसार नयाँ पार्टीको झण्डा अहिलेको कांग्रेसकै जस्तो हुनेछ । ‘केहि फरक लुक्स त दिनेछौं नै । तर अहिलेको पार्टीको जस्तै झण्डा बनाउने निर्णय भएको छ ।’ स्रोत अगाडी भन्छ, ‘ हामीले पार्टीको चुनाव चिन्ह भने परेवा राख्ने निर्णय गरेका छौं । हेरौं अव निर्वाचन आयोगको निर्णय कस्तो हुन्छ ? सबैलाई समेटेर अगाडी बढ्ने प्रयासमा छौं हामी । सबै भन्नाले साँचो अर्थमा कांग्रेसहरु । अहिलेको नेतृतको मनपरीबाट आजित भएकाहरुले हामीलाई समर्थन गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौं ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: