×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘राहत भो, अब ब्याजदर घट्छ भनीहाल्नुअघि यी कुरापनि स्पष्ट हुनु जरुरी छ है ! (मनोज ज्ञवालीको विश्लेषण)

  • मनोज ज्ञवाली 

उत्पादनशील क्षेत्रमा गरेको कर्जा प्रवाहलाई CCD गणना गर्दा 50% मात्रै लिने निर्णयले CCD लाई 88-89% हाराहारी पुर्यायो । अनि कर्जायोग्य रकम रु १३०-१४० अर्व थपियो । राहत भो, अब ब्याजदर घट्छ भन्ने टिप्पणीहरुको सन्दर्भमा निम्न बुँदासहित बुझ्न जरुरी छ ।
१. यो व्यवस्था असार मसान्त, २०७४ सम्मलाई मात्रै भनिएको छ ।  यसैले लौ CCD relaxed भो अब कर्जा बढाउं भनेर निर्णय लिन सक्ने अवस्था छैन । साउन १, २०७४ मा पनि CCD maintain गर्नु पर्छ नि ।
२. यो व्यवस्थाले  CCD मिलाउन मारामार गर्दे call account मा तानातानको खेल खतम गर्न सहयोग गरेको छ । call account को rate स्वाट्टै घट्छ,  फेरी saving deposit भन्दा बढि rate दिन नमिल्ने व्यवस्था संगै आएपछि त call deposit को rate मा मारामार नहूने भो ।
३. यो व्यवस्थाले BFI हरुलाई सुध्रिन र regulatory complaince मा आउन ५  महिनाको समय मात्र दिएको हो । यदि Deposit को growth अब credit को growth भन्दा बढि भएन भने समस्या झन् बल्झिएर जाने पक्का छ । यसैले संयमित हुदै सहि रणनितिका साथ अघी बढ्न जरुरी छ।

युरिक एसिडले खुट्टा दुखेर हल्लीन गारो भएको बेला ब्रुफेन खाएर राहत पाएझै हो । खानपिन नसुधारेमा समस्या झन बल्झिएर आउं छ । यसैले संयमित हुदै सहि रणनितिका साथ अघि बढ्न जरुरी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: