×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘बजार स्वभाविक गतिमै छ, वियरिस बजारको भरपुर सदुपयोग गरौ’

  • नरेन्द्र चुदाली
सेयर बजार विगत लामो समयदेखि घटीरहेको छ । गत साउनमा ऐतिहासिक १८८१ को विन्दुपछी लागेको ब्याक गियरको सृंखला रोकिन सकेको छैन । विचमा केही समय बजारले नयाँ गति लिन खोजेपनि त्यो सफल हुन सकिरहेको छैन। बुलपछि केहि समय करेक्सनमा गएको बजारले त्यस पछाडी त्यसलाई निरन्तरता दिदै वियरिस ट्रेन्डमा गयो । सामान्यतया ६० दिनसम्म लगातार एउटै गतिमा बजार गयो भने त्यसलाई ट्रेण्ड भन्ने गरिएपनि अहिले बजार साउन पछाडी लगातार जसोनै घटिरहेको छ । चुनावको घोषणा पछि बजार फर्किने आशा गरिएपनि त्यसो हुन सकेन् ।
बजारमा उतावचढाव आउनुका पछाडी धेरै कारण रहे । बजारको पिक लगत्तै बजारमा देखिएको गिरावट करेक्सन थियो । अर्को कुरा बजार १८८१ पुग्दै गर्दा त्यो उचाई बजारको आधारभुत पक्षभन्दा फरक थियो । गत बैशाखपछि साउन सम्मको अबधिमा बजार जुन गतिमा बढ्यो, त्यो बजारको आधारभुत विश्लेषण र तथ्यभन्दा फरक गतिमा थियो । यसको मतलब त्यतीबेला बजार बढ्नलाई सकारात्मक वातावरण आएपनि त्यसलाई बजारको मनोविज्ञानले अनावश्यक प्रतिक्रिया दियो । बजारका आधारभुत पक्षलाई हेर्दा बजारमा हरियाली छाउनु जायज थियो तर दिनहु सर्कीट ब्रेक गर्नेगरी बजार बढ्नु भने स्वभाविक थिएन । त्यसमा केही हदसम्म हल्ला भ्रम र चलखेलले पनि साथ दियो । धितोपत्र बोर्डले बारम्बार सचेत पनि गरायो । 
आखिर बजार आफ्नो साईजमा आउनुनै थियो । बजेट र मौद्रीक नितीसंगै बजार करेक्सनको दिशामा गयो । त्यसपछिको अवस्थामा बजार घटनुको कारण विश्लेषण गर्दा विमा र लघुविक्त क्षेत्रमा पुजि बृद्धीमा अन्यौल देखियो, प्राविधिक विश्लेषकहरुले गरेको अनुमानले बजारको मनोविज्ञानलाई लाई असर गर्यो , म्युचुअल फण्ड तथा सस्थागत लगानीकर्ताको निस्कृयता रह्यो,कालोधन छानविनकोले बजारमा त्रास सृजना गरायो, त्यसैगरी बजारमा भ्रम बढेर गयो भने लगानीकर्ताको कमजोर आत्मविश्वास कमजोर भयो भने भारु प्रतिबन्धको अप्रत्यक्ष असर देखियो ।
त्यसैगरी पछिल्लो समय बजारमा तरलता अभाव भएपछि सेयर कर्जा र ओभर ड्राफ्ट कर्जामा कडाई भयो । निक्षेपमा ब्याजदर बढाईयो भने बैक तथा वित्तिय संस्थाहरुले मार्जिन कल गर्न थाले । यो पछिल्लो समय बजार घट्नुको मुख्य कारण रह्यो । त्यसैगरी हकप्रद एफपिओ लगायतका सार्बजनिक निस्काशनले पनि दोस्रो बजारमा असर पुर्यायो । त्यसकारण पनि बजारले अपेक्षित गति लिन सकिरहेको छैन । यसको मतलव बजारमा अहीले स्वभाविक असर देखिरहेको छ ।
निश्चित समयपछि बजार फर्कनेनै छ । बजारमा अहीले लगानीको ठुलो अवसर देखिएको छ । थुप्रै राम्रा कमपनीहरुको सेयर मुल्य डोमिनेटेड अवस्थामा छ। सेयर बजारमा लगानी गरेर आकर्षक मुनाफा कमाउने योभन्दा ठुलो अबसर अब सायदै नआउला । किनकि बजार तत्कालै ठुलो अन्तरमा नबढेपनि धेरैपनि घट्ने अबस्था देखिदैन । हुन सक्छ बजार अझै केही समय स्थीर रहला । बजारमा कम्पनीको राम्रो विश्लेषण गरेर उत्कृष्ट कम्पनी छानेर दिर्घकालीन रणनिति अनुसार लगानी गर्नका लागि यो ‘गोल्डेन टाईम’ हो । हामी बजार बढ्न थालेपछि हानथाप गरेर किन्नु भन्दा अहीले बजार घटेको अबस्थाको राम्रो सदुपयोग गरौ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: