×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजार : ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको वीड’

  • नवराज घिमिरे : लगानीकर्ता /  विश्लेषक 

समय समयमा नेपाली पूँजीबजारमा धेरैनै उतारचढाव भएको देख्न पाईन्छ । संसारभरिको पूँजी वजार एउटा अत्यन्तै सम्वेदनशील वजार हो । यो वजारमा धेरै अवसरहरुको साथै धेरै चुनौतिहरु पनि छन् । हिजोमात्रै केन्द्रिय बैंकले ११ अर्वको रिपो जारि गर्यो ।  विडम्वना एउटा अमुक वैकले जम्मा १ करोडमात्र लियो । 
यसबाट आम लगानीकर्ताले के वुझन्नु पर्छ भने बैंकहरुले कर्जाको व्याजदर वढाएर कार्टेलिड: गर्न खोजेका हुन भनेर वुझ्नुपर्छ । यस्तोगरि अनाहाकमा कर्जाको व्याज मात्र वढाउदै लाने बैंकहरुलाई केन्द्रिय बैंकले तुरुन्त लगाम लगाई आम लगानीकर्तालाई राहतको अनुभुति दिलाउनै पर्छ । बैंकहरुले जे-जे गरेपनि राज्यपक्षबाट टुलुटुलु हेरेर वस्न सुहाउंदैन । 
बजारको अबस्था अनुसार संथागत लगानीकर्ताले जुनसुकै समयमापनि सेयर वजारमा लगानी गर्नको लागि वकुल्लाले माछो ढुकेझै गरी बसेका हुन्छन् । आफूसङ्ग पैसा हुने र के व्यवसाय गरौ भनेर बस्नु भएका नयाँ लगानीकर्ताहरुलाइ अवसर हो । अहिलेको सेयर बजारको अवस्था भनेको IPO जस्तै जस्तै भाउमा चाहेजति सेयर किन्न पाउनु सुवर्ण अवसर हो , यसै लाई हीरावर्ण अवसर भन्ने गरिन्छ । यस्तो  अवसर जिवनमा सधै आउदैन । अहिले किन्नेलाइ ०% Risk. छ । 
त्यसैले मलाई अरु कुनै कुराको चिन्ता छैन । खाली, मैले किनेको कम्पनी वजारमा कत्तिको दरिएको छ, त्यसका संचालकहरु कस्ता छन्, गत वर्षभन्दा यस वर्ष नाफा वढाउदै लगेको छ की छैन, विगतका वर्षहरुमा कुन दरमा वोनस वितरण गर्यो , रिजर्वमा कति पैसा छ , पूँजीगत संरचना कस्तो छ ! बस्, यस्तैयस्तै कुरा हेरेर लगानी गर्नुभएको छ भने तपाईले कुनै चिन्ता लिनु पर्दैन ।  सेयरबाट तपाईले मनग्य पैसा बनाउन सक्नुहुनेछ। 
यति सबै विश्लेषण गरेर तपाईले राम्रो कम्पनीमा पैसा खन्याएको छ भने नेप्से इन्डेक्स १८८१ पुगोस की २९२ मा झरोस तपाई सतिसालजस्तो भएर उभिनैपर्छ । तपाईले किनेको श्रीखण्डलाई कसैले खुर्पाको विड भन्दैमा सिन्किको मूल्यमा सेयर नफालौ साउन सम्म कुरौ सेयर वाट मनग्य पैसा बन्ने  छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: