×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जलविद्युत क्षेत्रमा लागानी गर्ने सोचमा हुनुहुन्छ ? बुझ्नुपर्ने कुरा थाहा पाउन शनिबार भक्तपुर जाउँ है !

  • अर्थ सरोकार सम्बाददाता 


काठमाडौँ – सेयर लगानीकर्ताहरुको हकहितमा विभिन्न कार्यक्रम गर्दै आयेको थ्री एस इन्भेष्टमेन्टले यो साता पनि विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि आउँदो शनिबार अर्थात चैत्र ५ गते शनिबार, विहानको ११ बजे संस्थाले भक्तपुरमा रहेको लगानीकर्ता छलफल घरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । 
‘जलविद्युत क्षेत्रमा लगानी गर्नुअघि बुझ्नुपर्ने कुराहरु’ शीर्षक दिइएको उक्त कार्यक्रममा अधिवक्ता ज्योति दाहालले आफ्नो प्रस्तुती दिनेछन् भने यसै विषयमा लगानीकर्ताहरु बीच छलफल हुनेछा । नेप्से संसार र थ्रीएस इन्भेष्टमेन्टको आयोजना, र धितोपत्र डटकम को प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । 
‘जलविद्युत क्षेत्रमा लगानी गर्नुअघि धेरै कुरामा ध्यान दिन जरुरी छ । कतिपय सामान्य कुराहरु पनि नबुझ्दा लगानीकर्ताहरु मारमा पर्ने गरेका छन् । त्यसैले हाम्रो शनिबारको छलफल केहि विशेष हुने पक्का छ ।’ आयोजक सनास्था थ्री एस इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले अर्थ सरोकार डटकमसँग भने ।
उनका अनुसार ११ बजे सुरु हुने कार्यक्रम करिव १ बजेसम्म संचालन हुनेछ । ‘विगतका कार्यक्रममा हामीले लगानीकर्ताको निकै राम्रो साथ पाएका छौं । ‘यसपाली त विषय पनि लगानीकर्ताको मागअनुरुप नै छ । हामी सकेसम्म बढी लगानीकर्ताहरुको जिज्ञासाको समाधान गर्ने प्रयास गर्नेछौं ।’ बजगाईंले अगाडी भने । स्मरण रहोस् सिए सरोकार डटकम उक्त कार्यक्रममा अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: