×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्तालाई ५ टिप्स : यी कुरा ध्यानमा राखे कहिलेपनि डुबिन्न !

काठमाण्डौ – सेयर बजारमा लगानी गर्न खोज्नेहरु वा गरिरहेकाहरु धेरै छन् । तर बजारमा लगानीकर्ताको भीडमा कतिपय लगानीकर्ताहरु डुबेका पनि छन् । त्यसरी डुब्नेहरुमा अधिकांस सेयर बजारमा खल्ने नसक्नेहरु वा नजान्नेहरु छन् । हल्लाको पछी लागेर लगानी गर्नेहरु घाटा खाने लिष्टमा बढी पर्छन् । 
सुरुमा लगानी गर्न खोज्नेहरुले त झन् यस विषयमा विशेष ध्यान दिनुपर्छ । नत्र दुखले कमाएको पैसा स्टक मार्केटमा नडुब्ला भन्न सकिन्न । रसियन पुस्तक, ‘जनरल टिप्स फर इन्भेष्टर्स’ का अनुसार स्टकमार्केटमा लगानी गर्दा थोरैमात्र होसियार हुने हो भनेपनि ठुलो घाटाबाट बच्न सकिन्छ । पुस्तकमा उल्लेख भएको र नेपाली पूँजी बजार सुहाउने ५ टिप्सहरु हेर्नुहोस् : 
१. बजार घटिरहेको छ वा बढीरहेको छ भन्ने कुरालाई बढी ध्यान दिनुभन्दापनि आफुले किन्न खोजेको सेयरबारे बुझ्नुपर्छ । कम्पनी कस्तो हो ? कति प्रतिफल दिइरहेको छ ? इपीएस र पी रेसियो कस्तो छ, बुझ्नुहोस् । सस्तो भन्दैमा हाम नाफाल्नुहोस् । महँगो सेयरमा पनि रिस्क नलिनुहोस् । तपाईंको अध्ययनले कम्पनीको ओझ कति देखाउँछ, त्यसपछि बुझेर मात्र लगानी गर्नुहोस् । 
२. महँगो सेयर खरिद गर्दा होस् पुर्याउनुहोस् । नेपाली पूँजी बजारमा पनि नेप्से १८८१ पुगेको बेला महँगोमा केहि कम्पनीको सेयर किन्नेहरू डुबे । यो कुरामा ख्याल गर्नुहोस् । त्यसो भन्दैमा सस्तो सेयर तर्फ पनि नजानुहोस् । समग्रमा बलियो ओझ राख्ने सेयर किन्नुहोस् । 
३. सस्तो मुल्यको सेयरमा रिटर्न थोरै हुन्छ र महँगो सेयरमा रिटर्न धेरै हुन्छ भन्ने भ्रम छ भने आजैबाट त्याग्नुहोस् । थोरै मुल्यको सेयरमा पनि राम्रो रिटर्न हुनसक्छा भने महँगो सेयरको रिटर्न कम हुन सक्छ । यस विषयमा बुझेर मात्र लगानी गर्नुहोस् । बजारको ट्रेन्ड बुझ्नुहोस् । बुझेर मात्र लगानी गर्नुहोस् । 

४. दवाब वा त्रासमा सेयर कहिले पनि बेच्नु हुँदैन । बजारमा खेलाडीहरुले यस्तै त्रासको व्यापार गरिरहेका हुन्छन्न । साना लगानीकर्ताहरुलाई भ्रममा राखेर खेल्नेहरु धेरै हुन्छन् । यस्तो कुरामा ध्यान दिनुहोस् । कुनै सेयर सम्बन्धि नकारात्मक कुरा सुन्नुभयो भनेपनि एकैपटक नपत्याउनुहोस् । स्व: विश्लेषण गर्ने बानी बसाल्नुहोस् । 
५. एउटै सेयरमा सबै पैसा खर्च नगर्नुहोस् । त्यस्तो भुल गर्नु हुन्न । पैसालाइ बाँडफांड गरेर मात्र सेयर किन्नुहोस् । यस्तो गर्दा रिस्क कम हुन्छ । उदाहरणका लागि सबै पैसा हाइड्रोमा हाल्नु भएन । केहि पैसा वाणिज्य बैंक, केहि हाइड्रो, केहि अरु क्षेत्रमा पैसा हाल्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: