×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एस डेभलमपमेन्टले गर्यो अत्याधिक प्रगति, मुनाफा १२ करोड ९८ लाख रुपैयाँ पुग्यो

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – एस डेभलमपमेन्ट बैंक लिमिटेड (Ace Development Bank Ltd) ले दोस्रो त्रैमासमा खुद मुनाफा १५९ दशमलव ५७ प्रतिशत वृद्धि गरी १२ करोड ९८ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड रुपैयाँ कमाएको थियो ।
१ अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकले जगेडाकोषमा ३४ करोड १५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६ दशमलव २१ प्रतिशत वृद्धि गरी ७ अर्ब ५३ करोड ९६ लाख रुपयाँ संकलन गरेको छ । जसबाट कर्जामा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी गरेकोे छ । 
जुन अघिल्लो वर्षको तुलनाभन्दा ८ दशमलव ८६ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा २८ दशमलव ३७ प्रतिशतले बढेर २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफा १ सय ६० प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम २ करोड ८१ लाख रुपैयाँ छुटाएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा फिर्ता रकम ४ करोड ८ लाख रुपैयाँ उठाएको छ ।
बैंकको प्रति शेयर आम्दानी वार्षिक २१ दशमलव ५९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ११ प्रतिशत रहेको छ ।
बैंकको जोखिम युक्त सम्पति १ दशमलव ६९ प्रतिशतले बढेर १६ दशमलव ७३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा २ दशमलव ७५ प्रतिशतले घटेर १ दशमलब १२ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: