×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसियन लाइफको २०% बोनस पाउन सेयर किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – लाइएसियन फ इन्सुरेन्स कम्पनीको २०% बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । एसियनले साधारण सभा गर्न बिहीबारदेखि चैत १७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । चैत १७ गते हुने सधारण सभामा कम्पनीले २०% बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । बुधबारसम्म कायम सेयरधनीले मात्र बोनस सेयर पाउने कम्पनीलले जानकारी गराएको छ । यसैगरी, बोनस सेयरपछि कायम हुने पुँजीमा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि एसियनले साधारण सभामा लैजाने भएको छ ।
एसियन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड आठ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख २७ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा २९ करोड २० लाख आठ हजार रुपैयाँ छ । एसियनको जीवन बिमा कोषको आकार आठ अर्ब ८६ करोड ५७ लाख ५६ हजार रुपैयाँको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५० पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: