×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संग्रहालयबाट चोरियो ४२ करोड मूल्य पर्ने सुनको सिक्का

एजेन्सी – जर्मनीको एक संग्रहालयबाट सुनको सिक्का चोरी भएको छ, जसको मूल्य झण्डै ४० लाख अमेरिकी डलर अर्थात ४२ करोड नेपाली रुपैयाँ रहेको छ । सिक्काको अंकित मूल्य भने दश लाख डलर छ । सिक्कालार्इ बुलेट प्रुफ शिसामा राखिएको थियाे ।
तर अंकित मूल्य भन्दा वास्तविक मूल्य भने निकै धेरै रहेको छ । एक सय किलोको सिक्का २४ क्यारेटको शुद्ध सुनबाट बनेको छ । जर्मनीको बर्लिनमा रहेको बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । संग्रहालयको आर्लम प्रणालीलाई चुनौती दिएर चोरले कसरी सिक्का बाहिर निकाले भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
ठूलो रहेकाले एक व्यक्तिले नै सिक्का लैजान नसक्ने भएकाले चोरीमा धेरै व्यक्ति संलग्न रहेको मुस्किल पर्छ । चोरहरु झ्यालबाट संग्रहालयमा प्रवेश गरेको प्रहरीले अनुमान गरेको छ ।
रेलको लिक नजिकै रहेको संग्रहालयको झ्याल फुटाएर भित्र प्रवेश गरेको र त्यहीबाट सिक्का बाहिर निकालेको हुन सक्ने अहिलेसम्मको अनुसन्धानबाट देखिएको प्रहरी प्रवक्ताले समाचार संस्था रोयटर्सलाई बताएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: