×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कन्ट्रोलको फोन उठ्दैन

  • प्रनिश थापा / अर्थ सरोकार डटकम

काठमाण्डौ – नेपाल प्रहरीले शान्ति सुरक्षालाई चुस्त दुरुस्त पार्न र जनताको गुनासो एवं सूचनालाई ु अन द स्पोर्ट  सम्बोधन गर्न भन्दै जिल्ला जिल्लामा पैसा नलाग्ने नम्बर अर्थात ट्रोल फ्री नम्बर १०० सेवा निस्शुल्क ल्याए पनि चितवनमा अझै प्रभावकारी हुन सकेको छैनन् । टाढा टाढाबाट आएका सर्वसाधारण र अन्य जनतालाई जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुको नम्बर थाहा नभएको हुन सक्ने सम्भावनालाइ मध्ययनजर गर्दै देशैभर सरकारले यो प्रणाली सेवा ल्याएको छ पनि चितवनमा प्रहरी प्रशासन लाचार भइदिदा यो सेवा अहिले निष्प्रभावी बन्ने गरेको हो । 
चितवन जिल्ला प्रहरी कार्यालय कत्तिसम्मको गैर जिम्मेवार र लाचार हुँदा रहेछन् भन्ने तथ्य मंगलबार छर्लङ्ग भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल निशुल्क १०० नम्बरको फोन  ड्युटीका इन्चार्जले नउठाउने गरेको तथ्य बाहिर आएको हो । एक स्थानीयले पटकपटक कन्ट्रोलको १०० नम्बरमा फोन गर्दा त्यहाँका प्रहरीले अपनत्व नलिने भन्ने जनगुनासो गर्न थालेपछि बास्तबिकता बुझ्न चितवनका अर्थ सरोकारकर्मी प्रनिश थापाले मंगलबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा पटकपटक फोन गर्दा समेत फोनै उठाएनन् ।
 करिब पन्ध्र पटक भन्दा बढी प्रयासपछि बल्ल तल्ल फोन उठाएका एक प्रहरी कर्मचारीले गैर जिम्मेवार जवाफ फर्काएका थिए । उस्ले, फोन ब्यस्त हुँदा समेत फोन लाग्ने तर, नउठ्ने बताउदै प्रहरी निदाएर नबसेको प्रष्टाए । जिल्ला प्रहरी कार्यालयमा यस अघि पनि यस्तै घट्ना हुन्थ्यो । ती स्थानीयले हामी सित भने कन्ट्रोलको फोन २४ सै घण्टा सेवामा समर्पित हुनुपर्नेमा फोनै नउठ्ने अत्यन्तै खेदजनक र घिनलाग्दो प्रवृत्ति हाबी भएको बताए । साथै, उनी भन्छन् स् करिब एक साता अगाडि पनि जिल्लाको कन्ट्रोल रुममा फोन गर्दा फोन नउठ्ने र फोन नउठ्नुको कारण सोध्दा आफ्नु तीनपुस्तेको नाम सोध्ने र सर्वसाधारण भए थर्काउने , सञ्चारकर्मी भए नरम भएर बोल्ने गरेको समेत आरोप लगाएका छन् । 
उता, निशुल्क भनिएको अर्को टेलिफोन ०५६-५२४२४१ मा शुल्क काटिने भएको छ । जिल्ला प्रहरी कार्यालय भरतपुरले पैसा नलाग्ने नम्बर भन्दै ती टेलिफोन जडान गरेपनि सर्वसाधारणले त्यस नम्बरमा फोन गरे साबिकको मूल्य अनुसार १.८८ पैसा तिर्नुपर्ने हुन्छ । कन्ट्रोलको १०० फोन अत्याधिक ब्यस्त हुने र जनतालाई सेवा प्रभाहमा समेत कठिनाइ हुने भन्दै अर्को निशुल्क टेलिफोन खोले पनि अन्तर्तस् सो , फोन निशुल्क नरहेको पाइएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: