×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमईको बोनस सेयरमा भयो मूल्य समायोजन

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – ग्लोबल आइएमई बैंकको १५.७६५ बोनस सेयरपछि सोमबार प्रतिकित्ता ३५९ रुपैयाँमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बोनस समायोजनपछि ग्लोबलको पहिलो कारोबार ३५९ रुपैयाँमा भएको छ । ग्लोबलको औसत आधार मूल्य भने ३८९ रुपैयाँ छ । ग्लोबल आइएमइले चैत २१ गते साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको छ ।
 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ९० करोड ६२ लाख नौ हजार रुपैयाँ खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: