×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको मूल्य घट्यो, हेर्नुस् कतिमा हुदैँछ कारोबार

सातको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३  सयले घटेर प्रति तोला ५४ हजार ६  सयमा कारोबार भईरहेको छ  ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८ सय १०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९०  रुपैयाँ कायम गरेको छ।  
उता नेपाल सुनचाँदी ब्यबसायी महासंघको वेबसाइट ‘एक्सपाएर’ भएको छ । डोमेन नवीकरण नगर्दा आज बिहान महासंघको वेबसाइट  ‘एक्सपाएर’ भएको देखाएको छ ।
यस बारे महासंघमा बुझ्दा पुर्व अध्यक्ष तेज रत्न शाक्यले केहि प्राविधिक समस्या आएको साइट छिट्टै संचालन हुने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: